लण्डन। बेलायतस्थित नेपाली महिलाहरुले नेपालमा बन्दी जीवन बिताइरहेका बाबुआमाका बेसहारा बालबालिकालाई सहयोग जुटाएका छन्।
यहांस्थित नेपाली महिलाहरुको संगठन नेप्लिज वुमन एशोसिएसन यूकेले ति वालवालिकाको सहयोगार्थ आइतबार सांझ लण्डनस्थित नेपाली दूतावासमा एक च्यारिटी डिनर कार्यक्रम गरि करिब अढाई लाख रुपैयां जुटाएको हो। संकलित रकम प्रिजनर्स असिस्टेन्स नेपाल नामक संस्थामार्फत प्रदान गरिने छ।
च्यारिटी डिनर कार्यक्रममा एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले नेपाल भ्रमणका क्रममा आफूले बन्दी आमाबाबुका बालबालिकाको दयनीय अवस्था देखेपछि सहयोगको सोच बनाइएको बताइन्। कार्यक्रममाविशेष अतिथी इलिंग तथा साउथहल क्षेत्रका सांसद वीरेन्द्र शर्मा र प्रमुख अतिथी कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले संस्थाको पवित्र कामको प्रशंसा गरे।
त्यसक्रममा चेल्सी तथा केन्सिंगटन र इलिंग क्षेत्रका मेयरहरुसहित बेलायती अतिथी समेत सहभागी थिए।
कार्यक्रममा देखाइएको असहाय बालबालिकाबारेको वृत्तचित्रले उपस्थित धेरैलाई भावुक बनायो। वृत्तचित्र डा रजनी रिजालले प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमको सुरुमा एसोसिएसनकी कोषाध्यक्ष समेत रहेकी गायिका सितु खरेलले स्वागत गीत गाएकी थिइन् भने महासचिव प्रसुना कंडेलले मौलिक नेपाली नृत्य एवं धन्यवाद ज्ञापन गरिन्।
सदस्य लक्ष्मी राईले सञ्चालन गरेको कार्यक्रममा गायक योगेश्वर अमात्यले एकलाख रुपैंया दिने घोषणा गरेका थिए।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]