बन्दी बाबुआमाका बेसहारा बालबालिकालाई बेलायतबाट सहयोग

लण्डन। बेलायतस्थित नेपाली महिलाहरुले नेपालमा बन्दी जीवन बिताइरहेका बाबुआमाका बेसहारा बालबालिकालाई सहयोग जुटाएका छन्।

यहांस्थित नेपाली महिलाहरुको संगठन नेप्लिज वुमन एशोसिएसन यूकेले ति वालवालिकाको सहयोगार्थ आइतबार सांझ लण्डनस्थित नेपाली दूतावासमा एक च्यारिटी डिनर कार्यक्रम गरि करिब अढाई लाख रुपैयां जुटाएको हो। संकलित रकम प्रिजनर्स असिस्टेन्स नेपाल नामक संस्थामार्फत प्रदान गरिने छ।nwa

च्यारिटी डिनर कार्यक्रममा एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले नेपाल भ्रमणका क्रममा आफूले बन्दी आमाबाबुका बालबालिकाको दयनीय अवस्था देखेपछि सहयोगको सोच बनाइएको बताइन्। कार्यक्रममाविशेष अतिथी इलिंग तथा साउथहल क्षेत्रका सांसद वीरेन्द्र शर्मा र प्रमुख अतिथी कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले संस्थाको पवित्र कामको प्रशंसा गरे।

त्यसक्रममा चेल्सी तथा केन्सिंगटन र इलिंग क्षेत्रका मेयरहरुसहित बेलायती अतिथी समेत सहभागी थिए।

कार्यक्रममा देखाइएको असहाय बालबालिकाबारेको वृत्तचित्रले उपस्थित धेरैलाई भावुक बनायो। वृत्तचित्र डा रजनी रिजालले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको सुरुमा एसोसिएसनकी कोषाध्यक्ष समेत रहेकी गायिका सितु खरेलले स्वागत गीत गाएकी थिइन् भने महासचिव प्रसुना कंडेलले मौलिक नेपाली नृत्य एवं धन्यवाद ज्ञापन गरिन्।

सदस्य लक्ष्मी राईले सञ्चालन गरेको कार्यक्रममा गायक योगेश्वर अमात्यले एकलाख रुपैंया दिने घोषणा गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री