काठमाडौं। स्वीडेन राजधानी स्टकहोल्ममा शनिवार (१० जनवरी २०१५) नेपाली चलचित्र “टलकजगं vs टुल्के” प्रदर्शन भएको छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्वर्धन र प्रवर्धनका लागि गठन भएको नेपाली सांस्कृतिक संस्था, नेपाल मण्डपले फिल्म प्रदर्शन गरेको हो।
स्वीडेनमा रहेको नेपाली समुदाय माझ नेपाली समाज र जनजीवनको यथार्थलाई सम्बोधन गर्न समर्थ नेपाली चलचित्रहरुको प्रवर्धन गर्ने र तिनीहरुको व्यवसायिक सफलताको लागि थोरै मात्रै भएपनि योगदान पुरियाउने लक्ष्य बोकेर शुरु गरिएको सार्थक नेपाली चलचित्रहरुको नियमित प्रदर्शनलाई निरन्तरता दिने क्रममा उक्त चलचित्रको पनि प्रदर्शन आयोजना गरिएको जानकारी नेपाल मण्डपका सचिव दिप शर्माले दिएका छन्।
स्वीडेनमा हुर्किरहेका नेपाली बालबालिकाहरुको नेपाली भाषालाई समृद्ध बनाउन प्रेरणादायी वातावरण सिर्जना गर्ने उद्देश्यले गत २१ डिसेम्बर २०१४ का दिन स्टकहोल्ममा नेपाली साहित्यका केही चर्चित पुस्तकहरुको प्रदर्शनी साथसाथै प्रदर्शनीमा उपस्थित नेपाली बालबालिकाहरुलाई बाल पुस्तकहरु बितरण गरेर रचनात्मक अभियान शुरु गरेको नेपाल मण्डपले स्टकहोल्म अन्तराष्ट्रीय पुस्ताकलयमा नेपाली साहित्यका प्रसिद्ध पुस्तकहरुको उपलब्धतालाई सुलभ बनाउने सन्दर्भमा पनि महत्वपूर्ण भूमिका निभाई रहेको छ।
त्यसैगरी नेपाल मण्डपको आयोजनामा चाँडै नै स्टकहोल्ममा “स्टकहोल्म नेपाली कल्चरल फेस्टिवल – २०१५” र “नेपाली रचना गोष्ठी-२०१५” पनि हुन गइरहेको जानकारी मण्डपका कार्यकारीणी सदस्य प्रदिप के.सी.ले गराएका छन्।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो