काठमाडौं। स्वीडेन राजधानी स्टकहोल्ममा शनिवार (१० जनवरी २०१५) नेपाली चलचित्र “टलकजगं vs टुल्के” प्रदर्शन भएको छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्वर्धन र प्रवर्धनका लागि गठन भएको नेपाली सांस्कृतिक संस्था, नेपाल मण्डपले फिल्म प्रदर्शन गरेको हो।
स्वीडेनमा रहेको नेपाली समुदाय माझ नेपाली समाज र जनजीवनको यथार्थलाई सम्बोधन गर्न समर्थ नेपाली चलचित्रहरुको प्रवर्धन गर्ने र तिनीहरुको व्यवसायिक सफलताको लागि थोरै मात्रै भएपनि योगदान पुरियाउने लक्ष्य बोकेर शुरु गरिएको सार्थक नेपाली चलचित्रहरुको नियमित प्रदर्शनलाई निरन्तरता दिने क्रममा उक्त चलचित्रको पनि प्रदर्शन आयोजना गरिएको जानकारी नेपाल मण्डपका सचिव दिप शर्माले दिएका छन्।
स्वीडेनमा हुर्किरहेका नेपाली बालबालिकाहरुको नेपाली भाषालाई समृद्ध बनाउन प्रेरणादायी वातावरण सिर्जना गर्ने उद्देश्यले गत २१ डिसेम्बर २०१४ का दिन स्टकहोल्ममा नेपाली साहित्यका केही चर्चित पुस्तकहरुको प्रदर्शनी साथसाथै प्रदर्शनीमा उपस्थित नेपाली बालबालिकाहरुलाई बाल पुस्तकहरु बितरण गरेर रचनात्मक अभियान शुरु गरेको नेपाल मण्डपले स्टकहोल्म अन्तराष्ट्रीय पुस्ताकलयमा नेपाली साहित्यका प्रसिद्ध पुस्तकहरुको उपलब्धतालाई सुलभ बनाउने सन्दर्भमा पनि महत्वपूर्ण भूमिका निभाई रहेको छ।
त्यसैगरी नेपाल मण्डपको आयोजनामा चाँडै नै स्टकहोल्ममा “स्टकहोल्म नेपाली कल्चरल फेस्टिवल – २०१५” र “नेपाली रचना गोष्ठी-२०१५” पनि हुन गइरहेको जानकारी मण्डपका कार्यकारीणी सदस्य प्रदिप के.सी.ले गराएका छन्।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने