काठमाडौं। पन्ध्र बर्षदेखि अफ्रिकी मुलुक युगान्डामा काम गर्दै आएका बुटवलका दानबहादुर खत्रीको बिहीबार निधन भएको छ। दुवै मृगौला खराब रहेका खत्रीको फोक्सोमा पनि समस्या देखिएपछि आइतबार राजधानी कम्पालास्थित मुलामो अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमै खत्रीको निधन भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) युगान्डाका अध्यक्ष रमेश कँडेलले बताए।
खत्री कम्पालास्थित खाना खजाना रेस्टुरेन्टमा सेफको रुपमा कार्यरत थिए। खत्रीको असामयिक निधनप्रति गैर आबासिय नेपाली संघ अफ्रिकाका संयोजक हिक्मत थापा, युगान्डाका अध्यक्ष रमेश कंँडेलले शोक प्रकट गर्दै परिवारप्रति समबेदना प्रकट गरेका छन्। खत्रीको अन्त्येष्टी पनि युगान्डामै गर्ने तयारी भैरहेको छ ।
‘शव नेपाल पठाउन आठ लाख रुपैया खर्च हुने देखिन्छ, त्यो पैसा जुटाउन र यहाँ आफ्नो कूटनैतिक बिभाग नभएकोले सबै प्रक्रिया पूरा गरुन्जेल लामो समय लाग्ने भएकाले खत्रीको यही सतगत गर्ने निर्णय गरिएको छ’ कँडेलले भने ‘श्रीमती तथा नजीकको कूटनैतिक नियोगबाट नो अब्जेक्सन लेटर लिएर सदगत गर्ने तयारीमा छौं।’ खत्रीको शव मुलागो अस्पतालमा राखिएको छ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त