काठमाडौं। पन्ध्र बर्षदेखि अफ्रिकी मुलुक युगान्डामा काम गर्दै आएका बुटवलका दानबहादुर खत्रीको बिहीबार निधन भएको छ। दुवै मृगौला खराब रहेका खत्रीको फोक्सोमा पनि समस्या देखिएपछि आइतबार राजधानी कम्पालास्थित मुलामो अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमै खत्रीको निधन भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) युगान्डाका अध्यक्ष रमेश कँडेलले बताए।
खत्री कम्पालास्थित खाना खजाना रेस्टुरेन्टमा सेफको रुपमा कार्यरत थिए। खत्रीको असामयिक निधनप्रति गैर आबासिय नेपाली संघ अफ्रिकाका संयोजक हिक्मत थापा, युगान्डाका अध्यक्ष रमेश कंँडेलले शोक प्रकट गर्दै परिवारप्रति समबेदना प्रकट गरेका छन्। खत्रीको अन्त्येष्टी पनि युगान्डामै गर्ने तयारी भैरहेको छ ।
‘शव नेपाल पठाउन आठ लाख रुपैया खर्च हुने देखिन्छ, त्यो पैसा जुटाउन र यहाँ आफ्नो कूटनैतिक बिभाग नभएकोले सबै प्रक्रिया पूरा गरुन्जेल लामो समय लाग्ने भएकाले खत्रीको यही सतगत गर्ने निर्णय गरिएको छ’ कँडेलले भने ‘श्रीमती तथा नजीकको कूटनैतिक नियोगबाट नो अब्जेक्सन लेटर लिएर सदगत गर्ने तयारीमा छौं।’ खत्रीको शव मुलागो अस्पतालमा राखिएको छ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार