काठमाडौं। रोजगारीका सिलसिलामा मलेसिया पुगेका ४० नेपाली विगत दुई महिनादेखि अलपत्र परेका छन्। धौलागिरिका चारसहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ती कामदारहरुले उद्धारका का लागि सरकारसँग आग्रह गरेको राष्ट्रिय समाचार समिति (रासस) ले जनाएको छ ।
गत कात्तिक १९ गते काठमाडौँ सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका ४० जना नेपाली काम नपाएर मलेसियाको दामनसरा भन्ने ठाउँमा ५७ दिनदेखि भोकभोकै रहेको एक पीडितले बताएका छन्।
थापाले बुधबार बिहान रासससँग सम्पर्क गरी आफूसहित अलपत्र पर्नेहरुको अवस्था अत्यन्त नाजुक रहेको र उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गरेका छन्।
“हामी करिब दुई महिनादेखि अर्काको देशमा काम नपाएर अलपत्र परेका छौँ, साथमा पैसा नहुँदा भोकभोकै बस्नुपरेको छ, हामी आएको मेनपावर कम्पनीमा खबर गर्दा कुनै प्रतिक्रिया दिँदैन, अब हामीले के गर्ने ?” थापाले भने।
सामाखुसीस्थित डोसलिङ म्यानपावर कम्पनीका एजेन्ट लोकबहादुर थापामार्फत मलेसियाको दामनसरास्थित भिपेर फोर्स कम्पनीमा पुगेका उनीहरूलाई कम्पनीले काम नदिएको उनीहरूको बताए।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार