काठमाडौं। बैदेशिक रोजगारीका लागि नेपालीको प्रमुख गन्तब्य बनेको मलेसियामा २०१४ मा दैनिक जस्तो एक नेपालीको निधन भएको छ। सन् २०१४ को पुरै तथ्याकं नअाउँदै तीन सय ६१ नेपालीले ज्यान गुमाएको क्वालालमपुरस्थित नेपाली दूतावासले जनाएको छ। नेपाली दूतावासका अनुसार कार्यस्थल दुर्घटनामा परी ११ जना, दीर्घ रोगबाट ५२ जना, सवारी दुर्घटनामा ३६ जना, आत्महत्या गरी ४६ जनाले ज्यान गुमाएका छन्। बाँकी २ सय १६ नेपालीको मृत्युको कारण खुलेको छैन। तीमध्ये कतिपय सुतेको अवस्थामा मृत भेटिएको दूतावासले जनाएको छ।
दूतावासको तथ्यांकअनुसार सबैभन्दा धेरै सेप्टेम्बर महिनामा ४४ जनाको मृत्यु भएको छ। डिसेम्बरको सम्पूर्ण तथ्यांक नआइसके पनि अहिलेसम्म १५ नेपालीले ज्यान गुमाइसकेका छन्।
मलेसियामा नेपालीले ज्यान गुमाउनुको प्रमुख कारण स्थानीय वातावरण, सवारी नियम बुझ्न नसक्नु र बिरामी हुँदा कम्पनीले समयमा उपचार नगराउनु रहेको छ। यहाँका कम्पनीले नेपाली कामदार बिरामी पर्दा समयमै अस्पताल नलग्ने गरेकाले पनि नेपालीले अकालमै ज्यान गुमाउनु परेका घटना धेरै भेटिने नेपाली कामदारको भनाइ छ। यो वर्ष मात्रै उपचारमा भएको लापरबाहीका कारण ५२ नेपालीले ज्यान गुमाएका छन्।
त्यस्तै सवारी नियम थाहा नपाउनाले पनि उल्लेखीय मात्रामा नेपालीले दुर्घटनामा ज्यान गुमाउने गरेका छन्। यो वर्षमात्रै ३६ नेपालीको दुर्घटनामा ज्यान गएको छ। यहाँ आउँदा नेपालीले अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्छ। अभिमुखीकरण तालिममा विषेशगरी सवारी नियमबारे सिकाइन्छ। तर, मेनपावरले तालिमै नदिएर नक्कली प्रमाणपत्र बनाई पठाउने गरेकाले यहाँ धेरै नेपालीले दुर्घटनामा ज्यान गुमाउने गरेका छन्।
मृत्युको अर्को कारण आत्महत्या छ। पारिवारिक तनाव, भनेको काम र तलब नमिल्नु, रोजगारदाताले दिने मानसिक तनाव प्रमुख कारण हुन्। सन् २०१४ मा मात्रै मलेसियामा ४६ नेपालीले आत्महत्या गरेका छन्।
कतिपय नेपालीले सुतेकै अवस्थामा ज्यान गुमाएका छन्। खानपानमा ध्यान नदिनु,ग र्मीमा काम गरेर आवश्यक मात्रामा पानी नपिउनु, गुणस्तरहीन मदिरा सेवन गर्नु लगायत कारण यस्तो स्थिति आउने गरेको छ। मलेसियामा सात लाख नेपाली कामदार छन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने