काठमाडौं। बैदेशिक रोजगारीका लागि नेपालीको प्रमुख गन्तब्य बनेको मलेसियामा २०१४ मा दैनिक जस्तो एक नेपालीको निधन भएको छ। सन् २०१४ को पुरै तथ्याकं नअाउँदै तीन सय ६१ नेपालीले ज्यान गुमाएको क्वालालमपुरस्थित नेपाली दूतावासले जनाएको छ। नेपाली दूतावासका अनुसार कार्यस्थल दुर्घटनामा परी ११ जना, दीर्घ रोगबाट ५२ जना, सवारी दुर्घटनामा ३६ जना, आत्महत्या गरी ४६ जनाले ज्यान गुमाएका छन्। बाँकी २ सय १६ नेपालीको मृत्युको कारण खुलेको छैन। तीमध्ये कतिपय सुतेको अवस्थामा मृत भेटिएको दूतावासले जनाएको छ।
दूतावासको तथ्यांकअनुसार सबैभन्दा धेरै सेप्टेम्बर महिनामा ४४ जनाको मृत्यु भएको छ। डिसेम्बरको सम्पूर्ण तथ्यांक नआइसके पनि अहिलेसम्म १५ नेपालीले ज्यान गुमाइसकेका छन्।
मलेसियामा नेपालीले ज्यान गुमाउनुको प्रमुख कारण स्थानीय वातावरण, सवारी नियम बुझ्न नसक्नु र बिरामी हुँदा कम्पनीले समयमा उपचार नगराउनु रहेको छ। यहाँका कम्पनीले नेपाली कामदार बिरामी पर्दा समयमै अस्पताल नलग्ने गरेकाले पनि नेपालीले अकालमै ज्यान गुमाउनु परेका घटना धेरै भेटिने नेपाली कामदारको भनाइ छ। यो वर्ष मात्रै उपचारमा भएको लापरबाहीका कारण ५२ नेपालीले ज्यान गुमाएका छन्।
त्यस्तै सवारी नियम थाहा नपाउनाले पनि उल्लेखीय मात्रामा नेपालीले दुर्घटनामा ज्यान गुमाउने गरेका छन्। यो वर्षमात्रै ३६ नेपालीको दुर्घटनामा ज्यान गएको छ। यहाँ आउँदा नेपालीले अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्छ। अभिमुखीकरण तालिममा विषेशगरी सवारी नियमबारे सिकाइन्छ। तर, मेनपावरले तालिमै नदिएर नक्कली प्रमाणपत्र बनाई पठाउने गरेकाले यहाँ धेरै नेपालीले दुर्घटनामा ज्यान गुमाउने गरेका छन्।
मृत्युको अर्को कारण आत्महत्या छ। पारिवारिक तनाव, भनेको काम र तलब नमिल्नु, रोजगारदाताले दिने मानसिक तनाव प्रमुख कारण हुन्। सन् २०१४ मा मात्रै मलेसियामा ४६ नेपालीले आत्महत्या गरेका छन्।
कतिपय नेपालीले सुतेकै अवस्थामा ज्यान गुमाएका छन्। खानपानमा ध्यान नदिनु,ग र्मीमा काम गरेर आवश्यक मात्रामा पानी नपिउनु, गुणस्तरहीन मदिरा सेवन गर्नु लगायत कारण यस्तो स्थिति आउने गरेको छ। मलेसियामा सात लाख नेपाली कामदार छन्।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’