
एनआरएनको ३० करोड लगानीमा रुपाकोटमा रिसोर्ट
काठमाडौँ । गैर आवासीय नेपालीको लगानीमा कास्कीको पर्यटकीय क्षेत्र रुपाकोटमा सुविधासम्पन्न रिसोर्ट खुलेको छ ।
बेल्जियममा २० बर्षदेखि व्यवसाय गरिरहेका पुष्प अधिकारीको ३० करोड रुपैयाँ लगानीमा खुलेको रुपाकोट रिसोर्टको गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले र बेल्जियम टिलविङ नगरका मेयर रुडी बेइकनले शुक्रबार संयुक्तरुपमा उद्घाटन गरे ।
रिसोर्टको उद्घाटन गर्दै अध्यक्ष घलेले नेपालको आर्थिक वृद्धिका लागि पर्यटन लगायतका दीर्घकालिन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरे । ‘होटल क्षेत्रमा लगानी गर्दा नेपालको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्छ’ अध्यक्ष घलेले भने – ‘आफ्नै गाउँठाउँमा रोजगारी सिर्जना गर्न पाउनु हामी एनआरएनहरुका लागि गौरवको कुरा हो ।’
बेल्जियमको टिल विङ नगरका मेयर बेइकनले युरोपेली पर्यटकहरु हिमाल हेर्न नेपाल आउने भन्दै रुपाकोट रिसोर्टले युरोपेली पर्यटकलाई आककर्षित गर्ने बताए । ‘पुष्पलाई बेल्जियममा नपुग्दो केही थिएन तर, उनी जोखिम मोलेर आफ्नै गाउँमा रिसोर्ट खोल्न फर्किए, यसले नेपालमा आर्थिक सम्बृद्धिका लागि बाटो खोल्नेछ’- उनले भने ।
रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारीले आफुले १५ बर्षदेखि देखेको सपना पूरा भएको बताए । रुपाकोट रिसोर्टले प्रकृति, सुबिधा र सम्पदाको संयोजनसहित पर्यटकलाई स्वागत गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।
दृश्यहरुको ‘ब्रान्डिङ’ गरेर ग्राहकलाई आकर्षित गर्ने योजनाका साथ रिसोर्टमा लगानी गरेको अधिकारीले जानकारी दिए ।
२ सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा परम्परागत शैलीका आठ वटा भवन छन् । जहाँ ८४ जना ग्राहक बस्न सक्ने ४२ वटा वातानुकुलित कोठा छन् ।
रिसोर्ट निर्माणमा नेपाली मौलिक शैलीलाई पनि पछ्याइएकोले गर्दा गाउँको घरमै गएर बसेजस्तो अनुभूति हुन्छ ।
रिसोर्टको भान्सामा पाक्ने खाद्य वस्तु ९० प्रतिशत अर्गानिक हुने अधिकारीले बताए । रिसोर्टले स्थानीय किसानलाई अर्गानिक खेतीमा प्रोत्साहन गर्न सिँचाइका लागि समेत सहयोग गरेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई