हत्या आरोपमा मलेसियामा ५ नेपाली पक्राउ

काठमाडौं। मलेसियाली प्रहरीले हत्या आरोपमा पाँच नेपालीलाई पक्राउ गरेको छ। सेरेम्बान जिल्लाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै सहकर्मी मारेको आरोपमा ५ नेपालीलाई पक्राउ गरेको स्थानीय स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। पक्राउ पर्ने नेपालीहरुको उमेर २० देखि ३४ सम्म भएको बताइएको छ।malaysia_ne

हत्याको आरोपमा मृतकसँगै बस्ने एक नेपालीलाई  प्रहरीले घटना भएको बिहान पक्राउ गरेको थियो। त्यसको घण्टौंपछि मात्रै आइतबार चार नेपालीलाई पक्राउ गरिएको हो। पक्राउ गरिएका नेपालीहरुको नाम खुल्न सकेको छैन।

आर जयराम नामका ५६ वर्षिय फ्याक्ट्रीका टेक्निसियनको टाउको चोट नै चोट भएको शव भेटिएपछि प्रहरी मृतकसँगै घरमा बस्ने नेपालीलाई पक्राउ गरेको थियो। प्रहरीले थप अनुसन्धानका लागि पक्राउ परेका सबैलाई हिरातसमा राख्न अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ। मलेसियामा सात लाखभन्दा बढी नेपाली बैदेशिक रोजगारीका लागि गएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री