काठमाडौं। मलेसियाका महान्यायाधीवक्ताले गर्भपतन गराउने एक नेपाली महिला कामदारमाथि मुद्दा चलाउन उनको कार्यालयले गरेको निर्णयको बचाउ गरेका छन्।
ती नेपाली महिला कामदारलाई भ्रुण हत्याको अभियोगमा नोभेम्बर महिनामा एक अदालतले एक वर्षको जेल सजाय तोकेपछि मलेसियाभित्र सो सजायको चर्को विरोध शुरु भएपछि महान्यायधिवक्ता मुद्दाको बचाउ उत्रिएका हुन्।
महान्यायाधिवक्ता तान श्री अब्दुल गानी पटाइलले कानुन उल्लघन गर्ने व्यक्तिविरुद्ध पर्याप्त प्रमाणको आधारमा मुद्दा चलाउने अभ्यासअनुसार नै उनको कार्यालयले नेपाली महिलामाथि अभियोजन दर्ता गरेको बताएका छन्।
मलेसियाको अंग्रेजी दैनिक पत्रिका डेली स्टारलाई पटाइलले अनुसन्धान सकिएपछि उनको कार्यलयको काम शुरु गरेको बताएका छन्।
‘कानुन उल्लंघन गरेको प्रमाणित हुने पर्याप्त प्रमाण छ र अदातललाई कन्भिन्स गर्न संभावना छ भन्ने लाग्छ भने हामी मुद्दा अघि बढाउँछौ, ‘ नेपाली महिलाको मुद्दाको विषय प्रतिक्रिया दिँदै उनले भने।
२४ वर्षकी नेपाली महिला कामदारमाथिको अदालती फैसलापछि मलेसियामा प्रजनन् र महिला अधिकार मात्रै नभएर आप्रवासी कामदारमाथि हुने गरेको विभेदको विषयमा मलेसियामा बहस शुरु भएको छ।
स्थानीय मानवअधिकारवादी संघसंस्थाहरुले फैसलाको आलोचना गरेका छन्। मलेसियामा दक्ष चिकित्सकको आमाको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने हो भने २२ सातासम्म वा भ्रुण ५ सय ग्रामसम्मको गर्भपतन गराउने सक्ने व्यवस्था छ। मलेसियामा गर्भपतनको आरोपमा जेल सजाय तोकिएको पहिलो महिला भएको त्यहाका अधिकारवादीहरुले जनाएका छन्। प्रत्येक वर्ष एक लाखको हाराहारीमा गर्भपतन हुने गरेको छ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अक्टोबर ९ गते पेनाङस्थित एक पोलिक्लिनिक निरीक्षणको क्रममा ती नेपाली महिलालाई पक्राउ गरेको थिए ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक