
न्यूनतम ज्याला माग्ने १ सय १९ नेपाली कामदारलाई कतारले देश निकाला गर्ने
काठमाडौ। नेपाल र कतार सरकारबीच भएको सहमतिअनुसार न्यूनतम तलब समयमै पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका १ सय १९ नेपाली कामदारलाई कतारले देश निकाला गर्ने भएको छ।
फ्रिल्यान्स ट्रेडिङ एन्ड कन्स्ट्रक्टिङ र कतार मिडिलिस्ट कम्पनीमा काम गर्दै आएका करिब ६ सय कामदार नेपाल सरकारले निर्धारण गरेको न्यूनतम तलब पाउनु पर्ने माग गर्दै विगत एक सातादेखि हड्तालमा छन् ।
नेपाल सरकारले निर्धारण गरेको ९ सय कतारी रियाल नपाउँदा काम नगर्ने अडानमा रहेका १ सय १९ नेपाली कामदारलाई फर्काउन लागिएको हो। सो कम्पनीले ६ सय रियाल मात्रै उपलब्ध गराउँदै आएको छ।
नेपाल पठाउन लागिएका कामदारलाई डिपोर्टेसन सेन्टरमा राखिएको छ। उनीहरुको सबै तलब भुक्तान हुने वित्तिकै नेपाल फर्काइने छ।
वैदेशिक रोजगारीमा जाने नेपालीका लागि कतार प्राथमिकतामा पर्ने गरेको छ । कतारमा ४ लाख नेपालीले काम गरिरहेको अनुमान छ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति