काठमाडौ। नेपाल र कतार सरकारबीच भएको सहमतिअनुसार न्यूनतम तलब समयमै पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका १ सय १९ नेपाली कामदारलाई कतारले देश निकाला गर्ने भएको छ।
फ्रिल्यान्स ट्रेडिङ एन्ड कन्स्ट्रक्टिङ र कतार मिडिलिस्ट कम्पनीमा काम गर्दै आएका करिब ६ सय कामदार नेपाल सरकारले निर्धारण गरेको न्यूनतम तलब पाउनु पर्ने माग गर्दै विगत एक सातादेखि हड्तालमा छन् ।
नेपाल सरकारले निर्धारण गरेको ९ सय कतारी रियाल नपाउँदा काम नगर्ने अडानमा रहेका १ सय १९ नेपाली कामदारलाई फर्काउन लागिएको हो। सो कम्पनीले ६ सय रियाल मात्रै उपलब्ध गराउँदै आएको छ।
नेपाल पठाउन लागिएका कामदारलाई डिपोर्टेसन सेन्टरमा राखिएको छ। उनीहरुको सबै तलब भुक्तान हुने वित्तिकै नेपाल फर्काइने छ।
वैदेशिक रोजगारीमा जाने नेपालीका लागि कतार प्राथमिकतामा पर्ने गरेको छ । कतारमा ४ लाख नेपालीले काम गरिरहेको अनुमान छ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई