काठमाडौं। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिनै सार्क शिखर सम्मेलनका सहभागी नेताहरुको रिट्रिट धुलिखेलमा शुरु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना होटलमै आराम गरेको सञ्चार माध्यमहरुले बताएका छन्।
राजधानी काठमाडौंबाट ३० किलोमिटर पूर्वमा पर्ने धुलिखेल नगरपालिका वडा-१ भट्टेडाँडास्थित द्वारिकाज रिसोर्टमा व्यवस्था मिलाइएको छ। रिट्रिटमा सार्क राष्ट्रका राष्टाध्यक्ष र सरकार प्रमुख बाहेक विदेश मन्त्री र विदेश सचिवको समेत सहभागिता छ । दिउँसो २ बजेसम्म चल्ने रिट्रिटपछि नेताहरु समापन समारोहमा सहभागी हुन काठमाडौं फर्किने छन्।
सार्क बडापत्रमा औपचारिक मञ्चमा द्वीपक्षीय विषय उठाउन नपाउने भएकाले रिट्रिटमा अनौपचारिक छलफलको अवसर हुनेछ ।
यसपटक प्रतिद्वन्द्वी देशका रुपमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच भेट वार्ता हुन्छ की हुँदैन भनेर आम चासो रहेको छ। उद्घाटन समारोहमा सहभागी भएर पनि दुवै देशका नेताहरुले हात समेत मिलाएका छैनन्।
धुलिखेल क्षेत्रको सुरक्षा व्यवस्था नेपाली सेनाले लिएको छ भने अरनिको राजमार्गमा यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। काठमाडौ, भक्तपुर र काभ्रेको सुरक्षा व्यवस्था निकै कडा बनाएको सेनाले त्यस क्षेत्रमा हवाइ गस्ती पनि गरेको छ।
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान
‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी चिडियाखानामा
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस