काठमाडौं। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिनै सार्क शिखर सम्मेलनका सहभागी नेताहरुको रिट्रिट धुलिखेलमा शुरु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना होटलमै आराम गरेको सञ्चार माध्यमहरुले बताएका छन्।
राजधानी काठमाडौंबाट ३० किलोमिटर पूर्वमा पर्ने धुलिखेल नगरपालिका वडा-१ भट्टेडाँडास्थित द्वारिकाज रिसोर्टमा व्यवस्था मिलाइएको छ। रिट्रिटमा सार्क राष्ट्रका राष्टाध्यक्ष र सरकार प्रमुख बाहेक विदेश मन्त्री र विदेश सचिवको समेत सहभागिता छ । दिउँसो २ बजेसम्म चल्ने रिट्रिटपछि नेताहरु समापन समारोहमा सहभागी हुन काठमाडौं फर्किने छन्।
सार्क बडापत्रमा औपचारिक मञ्चमा द्वीपक्षीय विषय उठाउन नपाउने भएकाले रिट्रिटमा अनौपचारिक छलफलको अवसर हुनेछ ।
यसपटक प्रतिद्वन्द्वी देशका रुपमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच भेट वार्ता हुन्छ की हुँदैन भनेर आम चासो रहेको छ। उद्घाटन समारोहमा सहभागी भएर पनि दुवै देशका नेताहरुले हात समेत मिलाएका छैनन्।
धुलिखेल क्षेत्रको सुरक्षा व्यवस्था नेपाली सेनाले लिएको छ भने अरनिको राजमार्गमा यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। काठमाडौ, भक्तपुर र काभ्रेको सुरक्षा व्यवस्था निकै कडा बनाएको सेनाले त्यस क्षेत्रमा हवाइ गस्ती पनि गरेको छ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची