काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको छ। भौतिक पूर्वाधार तथा योजना मन्त्री विमलेन्द्र निधिले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै मोदीको कार्यक्रम रद्द भएको बताएका छन्।
निधिले एकीकृत माओवादी र मधेशी दलको गैरजिम्मेवारपूर्ण गतिविधिको कारण भ्रमण रद्द भएको आरोप लगाएका छन्।
मोदीले अभिनन्दन गर्ने कार्यक्रम कहाँ राख्ने र भाषण गर्ने वा नगर्ने भन्ने विषयमा राजनीतिक दलहरुबीच विवाद देखिएको थियो। सरकारले जानकी मन्दिरको प्राङ्गणमा मोदीको नागरिक अभिनन्दन कार्यक्रम राखेको थियो ।
तर एकीकृत माओवादी र मधेशी मोर्चासहितका २२ दलले भने मोदीले बाह्र बिधाबाट सबैलाई सम्बोधन गर्न पाउनु पर्ने गरी कार्यक्रम राख्नु पर्ने माग गर्दै थिए। मंसिर १० र ११ हुने हुने सार्क सम्मेलनमा सहभागी हुने क्रममा सडकमार्ग हुँदै जनकपुर आउने गरी मोदीको कार्यक्रम तय भएको थियो। 
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक