शनिबार, असोज १० २०७७ | Sat, September 26, 2020
नेपालको समय: ०३:३० | UK Time: 22:45

नेपाल साफ विमेन्स च्याम्पियनशीपको फाइनलमा

वीनेपाली
२०७१ मंसिर ३ गते १४:०९

काठमाडौं। नेपाल साफ विमेन्स च्याम्पियनशीपको लगातार तेस्रो पटक फाइनलमा पुगेको छ। पाकिस्तानको इस्लामावादस्थित जिन्ना रंगलाशामा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

अभ्यासमा रहेको नेपाली महिला फुटबलको राष्ट्रिय टोलीको फाइल तस्विर । सौजन्य: गोल नेपाल डट कम

अभ्यासमा रहेको नेपाली महिला फुटबल राष्ट्रिय टोलीको फाइल तस्विर । सौजन्य: गोल नेपाल डट कम

नेपालले उपाधिका लागि साविक विजेता भारतसँग शुक्रबार प्रतिस्पर्धा गर्ने छ । यसअघि दुवैको फाइनलमा नेपाललाई पराजित गर्दै भारतले उपाधिमाथि कब्जा जमाएको थियो। बुधबार भएको खेलमा नेपालकी सजना रानाले ५६ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेकी थिइन।

पहिलो सेमिफाइलनमा श्रीलंकालाई ५-० ले पराजित गर्दै भारतले अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक