
अध्यक्ष निर्वाचित भएपछि तस्विर खिचाउंदै तमुधि यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ (सबैभन्दा बांया) र उहांकी धर्मपत्नि प्रेमा (दायां) । साथमा अध्यक्ष गुरुङकी जीवनसंगिनी पवित्रा ।
लन्डन । बेलायतस्थित शक्तिशाली जातीय एवं सामाजिक संस्था तमुधिं यूकेको आठौं कार्यसमिति सर्वसम्मत चयन भएको छ । आइतबार तमुधिं भवन मिचेटमा आयोजित साधारणसभाले रामचन्द्र गुरुङ (सूर्जे) को अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो । विगत साताहरुमा चुनावनै हुने स्थिति देखिएको भएपनि सहमतिमै अघि बढ्न तमु अग्रजहरुले पहल गरेका थिए ।
अध्यक्ष पदका लागि उम्मेदवारीको चर्चामा रहेका ज्ञाम गुरुङ उपाध्यक्षमै दोहोरिएका छन् भने अर्का उपाध्यक्षमा नन्दजंग गुरुङ, महासचिव हरि गुरुङ, सहसचिव कृष्ण गुरुङ, कोषाध्यक्ष जुमकाजी गुरुङ, सहकोषाध्यक्ष दीपक गुरुङ, खेलकुद सचिव क्या. पिताम्बर गुरुङ, सांस्कृतिक सचिव कृष्णबहादुर गुरुङ, मिडिया एवं प्रवक्ता रोहितकुमार गुरुङ, प्रोपर्टी सेक्रेटरी नरेश गुरुङ चुनिएका छन् । सदस्यहरुमा शक्तिमान गुरुङ, दीपक गुरुङ, विसन गुरुङ, धनबहादुर गुरुङ, श्रीप्रसाद गुरुङ, सूर्जेबहादुर गुरुङ, जगत गुरुङ, लैन्च गुरुङ, जगदिश गुरुङ, इन्द्र गुरुङ र टिका गुरुङ छानिए । नयां कार्यसमितिले आगामी जनवरी ३ मा हुने तमुहरुको महान चाड ल्होसार कार्यक्रम सकिएपछि औपचारिक रुपमा कार्यभार सम्हाल्ने छ ।
प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ एवं सदस्यहरु हरिकाजी गुरुङ र रि. क्या तीर्थमान गुरुङ सम्मिलित निर्वाचन समितिले नयां कार्यसमिति चयनका लागि प्रक्रिया अघि बढाएको थियो ।
तमुधिं गठनको प्रारम्भिक समय सन् १९९९ देखि नै सक्रिय भएर संस्थामा सामाजिक सचिव, सचिव, महासचिव र दुई पटक उपाध्यक्ष भइ योगदान गरेका नवनिर्वाचित अध्यक्ष रामचन्द्र गुरुङ (सूर्जे) ले मन्तव्यका क्रममा तमुधिं भवनको मोर्गेज फ्रि गराउने, आजीवन सदस्य थप्ने, आमा समूह, युवा समूहलाई अझ क्रियाशिल बनाउने र तमु एकतामा विशेष जोड दिने आफ्नो एजेण्डा रहेको बताए ।
यसअघि अध्यक्ष कमल गुरुङको सभापतित्वमा भएको बन्दसत्रमा महासचिव नन्दजंग गुरुङले वार्षिक तथा कोषाध्यक्ष रि. मे. वुद्धि गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य रामचन्द्र गुरुङ (सूर्जे ले दिएका थिए । अध्यक्ष कमल गुरुङले आफ्नो कार्यकालमा सघाउने सबै पदाधिकारी, सदस्यहरु, सल्लाहकारहरु, दाता एवं समस्त तमुहरुप्रति आभार व्यक्त गरेका छन् ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी