काठमाडौं। अन्नपूर्ण र धौलागिरी जस्ता आठ हजार मिटरभन्दा अग्ला हिमालको काखमा रहेको र चीन र तिब्बती पठारसँग सीमा जोडिएको मुस्ताङ ‘फोरबिडन किङ्डम’को रुपमा रहेको छ । यो भुभाग ‘लो’ भूभागको रुपमा समेत चिनिन्छ।
सन् १९९२ सम्म विदेशीका लागि प्रतिबन्धित यो भूभागमा अहिले पनि प्राचिन संस्कृति करिव करिव कायमै छ। यसमा प्राचिन तिब्बती संस्कृति जिवन्त रहेको छ। मुस्ताङको यो क्षेत्रमा पुग्नका लागि विदेशी पर्यटकले अहिले पनि अनुमति र केही बढी रकम तिर्नु पर्दछ ।
मुस्ताङका रैथाने लोबा जातिका मानिसको लो मानथाङ राजधानी हो। केही अध्येताहरुले मध्यकालिन किल्लाको यति राम्रोसँग संरक्षण अन्यत्र नभएको बताउँछन्। यो युनेस्कोको विश्व सम्पदा सूचीमा पर्ने अपेक्षा गरिएको छ।
मुस्ताङका अन्तिम राजा जिर्मे दर्जी पर्बल विष्टको पुर्खा ‘अमे पाल’ले १३८०मा लो अधिराज्य स्थापना गरेका थिए।
शताब्दीदेखि भारत, तिब्बत र चीनसँग नुन, उन, खाद्धान्न, मरमसला र अन्य खद्यान्नको लस्करहरु ओहोर दोहोर गर्ने कालीगण्डकी नदीको किनारा हुँदै व्यापार हुने गरेको छ। अहिले त्यही स्थानमा मोटर बाटो बन्दै छ। त्यसले फेरि मुस्ताङले आफ्नो सामरिक महत्वलाई कायम राख्ने छ। तर सडक निर्माणले स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहज पार्ने छ तर त्यहाँ संस्कृति र पहिचान भने गुम्ने चिन्ता छ।


तस्वीरहरु स्पेनी वृत्तचित्रका फोटोग्राफर डेभिड रेन्गेलका हुन्। साभार: www.thediplomat.com
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री