तस्विरमा मुस्ताङ

काठमाडौं। अन्नपूर्ण र धौलागिरी जस्ता आठ हजार मिटरभन्दा अग्ला हिमालको काखमा रहेको र चीन र तिब्बती पठारसँग सीमा जोडिएको मुस्ताङ ‘फोरबिडन किङ्डम’को रुपमा रहेको छ । यो भुभाग ‘लो’ भूभागको रुपमा समेत चिनिन्छ।Lo Manthang, the capital of Mustang, is a walled city considered by some scholars to be the best preserved medieval fortification in the world. It was built in 1440 by the legendary warrior Ame Pal.

सन् १९९२ सम्म विदेशीका लागि प्रतिबन्धित यो भूभागमा अहिले पनि प्राचिन संस्कृति करिव करिव कायमै छ। यसमा प्राचिन तिब्बती संस्कृति जिवन्त रहेको छ। मुस्ताङको यो क्षेत्रमा पुग्नका लागि विदेशी पर्यटकले अहिले पनि अनुमति र केही बढी रकम तिर्नु पर्दछ ।10

मुस्ताङका रैथाने लोबा जातिका मानिसको लो मानथाङ राजधानी हो। केही अध्येताहरुले मध्यकालिन किल्लाको यति राम्रोसँग संरक्षण अन्यत्र नभएको बताउँछन्। यो युनेस्कोको विश्व सम्पदा सूचीमा पर्ने अपेक्षा गरिएको छ।5

मुस्ताङका अन्तिम राजा जिर्मे दर्जी पर्बल विष्टको पुर्खा ‘अमे पाल’ले १३८०मा लो अधिराज्य स्थापना गरेका थिए।

शताब्दीदेखि भारत, तिब्बत र चीनसँग नुन, उन, खाद्धान्न, मरमसला र अन्य खद्यान्नको लस्करहरु ओहोर दोहोर गर्ने कालीगण्डकी नदीको किनारा हुँदै व्यापार हुने गरेको छ। अहिले त्यही स्थानमा मोटर बाटो बन्दै छ। त्यसले फेरि मुस्ताङले आफ्नो सामरिक महत्वलाई कायम राख्ने छ। तर सडक निर्माणले स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहज पार्ने छ तर त्यहाँ संस्कृति र पहिचान भने गुम्ने चिन्ता छ।11 9 84

तस्वीरहरु स्पेनी वृत्तचित्रका फोटोग्राफर डेभिड रेन्गेलका हुन्। साभार: www.thediplomat.com

प्रतिक्रिया

सम्बन्धित सामाग्री