काठमाडौं। भारतको नयाँ दिल्लीमा सुरक्षागार्डको रुपमा काम गर्ने एक नेपालीको हत्या भएको छ। भारतीय सञ्चार माध्यमहरुले लुटेराको आक्रमणमा बुधबार राति मध्य दिल्लीस्थित पहाडगञ्जमा विराटनगरका ६५ वर्षे भगत शाहको हत्या भएको जनाएका छन्। पसल लुट्न आएका लुटेराहरुको आक्रमणमा शाहका भाञ्जा कर्ण पनि गम्भीर घाइते भएका छन्।
दुवै चुरोटको थोक विक्रेता नेहरु मार्केटमा सुरक्षागार्डका रुपमा कार्यरत थिए। राति सवा एक बजे गस्ती गरेको समयमा सटरमा फलामे रडले प्रहार गरेको आवाज सुनेपछि त्यहाँ पुग्दा उनीहरुमाथि आक्रमण भएको थियो।
घाइते कर्णले मास्क लगाएका दुई व्यक्तिले पसलको सटर रडले हानेर खोल्ने कोसिस गर्दै गरेको भेटेका बताएका छन्। सुरक्षागार्डले उनीहरुलाई पक्रन खोज्दा नजिकै ट्याक्सी लुकेर बसेका अन्य दुई लुटेराहरुले उनीहरुको टाउकोमा रडले प्रहार गरेको प्रहरीले जनाएको छ। टाउकोमा चोट लागेका दुवै सोही स्थानमा ढलेपछि लुटेराहरु ट्याक्सीमा चढेर भागेका थिए। रगताम्मे भएर लडेका देखेपछि कसैले प्रहरीलाई सूचित गरेपछि उनीहरुलाई अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनु अघि नै शाहको मृत्यु भैसकेको चिकित्सकले जनाएका छन्। कर्णको अस्पतालमा उपचार भैरहेको छ। कर्णको अवस्था खतरामुक्त रहेको बताइएको छ। प्रहरीले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत एफआइआर दर्ता गरिएको बताएको छ।
मास्क लगाएका हुनाले लुटेराहरुको तत्काल पहिचान खुल्न नसकेपनि सिसिटिभी फुटेजहरुको अध्ययन थालिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक