लन्डन। विश्वकै होचा व्यक्ति नेपालका चन्द्रबहादुर डाँगीले सबैभन्दा अग्ला मानिससँग बिहीबार लन्डनमा भेट गरेका छन्। गिनिज बुक अफ वल्ड रेकर्डसको दसौ वार्षिकोत्सवको अवसरमा डाँगी र विश्वकै अग्ला व्यक्ति टर्कीका सुल्तान कोसेनबीच भेट भएको हो।
साढे २१ इन्च डाँगीले बेलायती संसद भवनको अघि टर्कीका ८ फिट नौ इन्च अग्ला कोसेनसँग हात मिलाएका छन्।
३१ वर्षका कोसेनले भेट्नुअघि ७४ वर्षका डाँगीसँग आफ्नो गोडा गति अग्लो हुनसक्ने ठानेका थिए तर त्यो भन्दा निकै सानो भएको प्रतिक्रिया अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई दिएका छन्। कोसेनले डाँगीसँग फोटो खिच्दा निकै झुक्नु परेकाले निकै आफ्ठ्यारो भएको बताएका छन्।
‘मेरो घुँडामा समस्या छ धेरै बेर उभिन सक्दिन गलि हाल्छु’ कोसेनले भने,’उनी होचा भए म अग्लो तर हाम्रो जीवनका एकै प्रकारको संघर्षको सामना गर्नु परेको छ। जब मैले चन्द्रको आँखामा हेरें, मैले असल मानिस भेंटे ।’
डाँगीले भने विश्वको सबैभन्दा अग्लो मानिस कस्तो होला भन्ने आफ्नो कौतुहलता समाप्त भएको बताए।
‘विश्वको सबैभन्दा अग्लो मानिस भेट्दा मलाई खुशी लागेको छ। मेरो ठिक विपरितको मानिस कस्तो होला भन्नेमा निकै कौतुहल थिएं,’ डाँगीले एएफपीसँग भनेका छन्, ‘गिनिजको रेकर्ड होल्डर भएर मलाई निकै खुशी लागेको छ । यसैको कारण मैले धेरै देश घुम्न र भेट्न पाएको छु। मलाई यो निकै मन पर्छ।’
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी