लन्डन। विश्वकै होचा व्यक्ति नेपालका चन्द्रबहादुर डाँगीले सबैभन्दा अग्ला मानिससँग बिहीबार लन्डनमा भेट गरेका छन्। गिनिज बुक अफ वल्ड रेकर्डसको दसौ वार्षिकोत्सवको अवसरमा डाँगी र विश्वकै अग्ला व्यक्ति टर्कीका सुल्तान कोसेनबीच भेट भएको हो।
साढे २१ इन्च डाँगीले बेलायती संसद भवनको अघि टर्कीका ८ फिट नौ इन्च अग्ला कोसेनसँग हात मिलाएका छन्।
३१ वर्षका कोसेनले भेट्नुअघि ७४ वर्षका डाँगीसँग आफ्नो गोडा गति अग्लो हुनसक्ने ठानेका थिए तर त्यो भन्दा निकै सानो भएको प्रतिक्रिया अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई दिएका छन्। कोसेनले डाँगीसँग फोटो खिच्दा निकै झुक्नु परेकाले निकै आफ्ठ्यारो भएको बताएका छन्।
‘मेरो घुँडामा समस्या छ धेरै बेर उभिन सक्दिन गलि हाल्छु’ कोसेनले भने,’उनी होचा भए म अग्लो तर हाम्रो जीवनका एकै प्रकारको संघर्षको सामना गर्नु परेको छ। जब मैले चन्द्रको आँखामा हेरें, मैले असल मानिस भेंटे ।’
डाँगीले भने विश्वको सबैभन्दा अग्लो मानिस कस्तो होला भन्ने आफ्नो कौतुहलता समाप्त भएको बताए।
‘विश्वको सबैभन्दा अग्लो मानिस भेट्दा मलाई खुशी लागेको छ। मेरो ठिक विपरितको मानिस कस्तो होला भन्नेमा निकै कौतुहल थिएं,’ डाँगीले एएफपीसँग भनेका छन्, ‘गिनिजको रेकर्ड होल्डर भएर मलाई निकै खुशी लागेको छ । यसैको कारण मैले धेरै देश घुम्न र भेट्न पाएको छु। मलाई यो निकै मन पर्छ।’
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा