लण्डन । नेपाली दूताबास लण्डनले कार्यालय खुल्ने समय थप गरेको छ ।
दुताबासले आज एक सूचना जारी गरी दूताबासबाट सेवाग्राहीलाई प्रदान गरिने सेवाहरु प्रभावकारी र सरल बनाउन सेवाग्राहीको सल्लाह र सुझावलाई मध्यनजर गर्दै कार्यालय खुल्ने अवधि लम्ब्याएको बताएको छ ।
नोभेम्बर १७ देखि लागू हुने नयाँ व्यवस्था अनुसार बिहान १० देखि १ बजे र दिउँसो २ बजेदेखि ३ बजेसम्म एमआरपी पासपोर्ट, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट, एनआरएन कार्ड र काजगातहरु प्रमाणीकरणका लागि आवेदन बुझाउने समय तोकिएको छ ।
स्मरण रहोस् दिउँसो १ बजेदेखि २ बजेसम्म लञ्चका लागि दूताबास बन्द हुन्छ ।
त्यसैगरी दिउँसो ३ बजेदेखि ५ बजेसम्म एमआरपी पासपोर्ट, अस्थायी पासपोर्ट, एनआरएन कार्डलगायत संकलनका लागि समय तोकिएको छ ।
यसअघि बिहान १० देखि १ बजेसम्म आवेदनहरु बुझाउने र दिउँसाे २ देखि ३ बजेसम्म कागजात संकलन गर्ने समय तोकिएको थियो ।
नयाा व्यवस्थाबाट सेवाग्राहीलाई फाइदा पुग्ने विश्वास दूताबासले लिएको छ ।

बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा