लन्डन । उमेर ७९ पुग्दा स्फुर्ति उस्तो होइन । त्यसमाथि घुंडा दुख्ने व्यथाले सताइरहन्छ । राम्रोसंग कान नसुन्नु र अरु बुढ्यालीका लक्षण त हुने नै भए । तर, आफ्ना समस्या बिर्सेर यतिखेर एकमात्र जिवित भिसी विजेता भूपू गोर्खा रामबहादुर लिम्बुको मन बेलायती राजपरिवारसंग भेट गर्न पाएकाले पुलकित छ ।
‘महारानी र राजकुमारहरुसंग दरवारमा भेट्न पाउंदा दंग छु’, त्यत्ति कान नसुन्ने भिसी लिम्बुले छोरा चन्द्रप्रकाशमार्फत भने, ‘म अहिलेसम्म बांचिरहेर यस्तो देख्न भोग्न पाउने भाग्यमानी गोर्खा रहेछु ।’
१३ भिसी विजेता गोर्खामध्ये लिम्बुमात्र जिवित छन् ।
सन् १९६५ मा बोर्नियो युद्धमा देखाएको वीरताले सबैभन्दा उच्चतम मिलिट्री अवार्ड
(भिक्टोरिया क्रस) अर्थात भिसी पाएका लिम्बुले दि भिक्टोरिया क्रस एण्ड जोर्ज क्रस् एसोसिएसनले प्रत्येक दुई वर्षमा गर्ने पुनर्मिलन समारोहमा महारानी एलिजावेथ, प्रिन्स चार्ल्स र ह्यारीसंग बेग्ला बेग्लै भेट गर्ने सौभाग्य पाए । प्रिन्स् चार्ल्स
सन् २००३ बाट उक्त एसोसिएसनको अध्यक्ष छन् ।
गत २७ अक्टोबर सोमबार सेन्ट जेम्स् प्यालेस्मा राजकुमार चार्ल्ससंग जलपान कार्यक्रममा सरिक हुंदा उनीजस्ता २३ भिसी विजेता साथै थिए । उनले भोलिपल्ट बकिङहम प्यालेस्मा महारानी एलिजावेथको दर्शन पाए । त्यसपछि २९ तारिख अक्टोबर प्रिन्स ह्यारीसंग भेट भयो । ह्यारीसंग खिचेको तस्विर अखवारतिर आएको कसैले सुनाइदिंदा त झन् खुशी देखिन्थे लिम्बु । राजपरिवारसंग दोहोरो वातचित गर्न नमिलेपनि एकसाथ रहन पाउंदा लिम्बुले आफूलाई भाग्यमानी ठानेका छन् ।
शाही परिवारसंगै जोडिएर तस्विर लिन र खान पाउंदा उनलाई जति गर्व छ, भूपू गोर्खाहरुले ब्रिटिश नागरिक सो सरह समान अधिकार नपाएर लडिरहंदा भने भिसी विजेता सार्है दुःखी छन् । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिकै आग्रहमा उनी गत अप्रिलमा आफ्नो वयान दिन बेलायत आएका थिए । त्यतिखेर भूपू गोर्खाहरुको समस्या छानवीन गर्न गठित ब्रिटेनको सर्वदलीय संसदीय समितिसमक्ष उनले विद्यमान असमानताबारे वयान पनि दिए ।
‘बेलायती साम्राज्यका लागि धेरै गोर्खाहरुले ज्यान दिए, रगत बगाए’, प्रथम तथा दोश्रो विश्व युद्धमा दिवंगत सैनिकहरुको सम्झनामा मनाइने रिमेम्वरेन्स् सन्डेकै बेला उनले गुनासो पोखे, ‘धेरै बिते र बांचेका म जस्ता धेरै वृद्धहरुको अवस्था नेपालमा दयनीय छ । तिनका सन्तानको भविष्य अन्यौलमा छ । अब बेलायत सरकारले हाम्रा गुनासो बेलैमा सुनिदिओस् ।’
यी वृद्ध भिसी विजेता यसै साता नेपाल फर्कन लागेका छन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’