काठमाडौं। नेपालले बलर हावी रहेको आइसिसी यु १९ प्रिमियर ट्रफीमा तेस्रो खेलमा मलेसियालाई ५३ रनले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसिया ६१ रन अल आउट भयो। १९ ओभरबाट ५ विकेट गुमाएर ५७ रन बनाएको मलेसिया ६२ रनमा अल आउट भएको थियो। मलेसियाका लागि सबैभन्दा बढी अनवर रहमानले ३३ रन बनाए ।
नेपालका लागि अर्जुन चापागाईले पहिलो ओभरमा २ विकेटसहित तीन विकेट लिए। सुशील कँडेल र सौरव खनालले २-२ दुई विकेट लिए । त्यसैगरी दीपेन्द्रसिंह ऐरी, सुनिल धमला, प्रेम तामाङले एक एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालका लागि कप्तान राजु रिजालले ३९ रन बनाए भने ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले १९, प्रेम तामाङले १६, योगेन्द्र कार्कीले ११ र दीपेन्द्र सिंह ऐरीले नट आउट १२ रन बनाए । नेपालका तीन खेलाडी शुन्यमा आउट भए ।
मलेसियाका लागि वीरनदीप सिंहले १६ रन खर्चेर ३ विकेट लिए भने मुहमद हफिज, पभनदीप सिंह र अनवर रहमानले २-२ विकेट लिए।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]