लन्डन । नर्थ योक्सायरस्थित कलवर्न टाउन काउन्सिल उपमेयर डा. जगन्नाथ शर्माले बेलायतको रक्षा मन्त्रालय (एमओडि) मेडिकल सर्भिसेस्मा उत्कृष्ट अनुसन्धाताको पुरस्कार पाएका छन् । एक दशकदेखि एमओडिसंग आवद्ध उपमेयर शर्माको मस्कुलो स्केलेटल इन्जुरी विषयमा केन्द्रित रहेर गरेको अनुसन्धानले पुरस्कार प्राप्त गरेको हो । एमओडिको सुपरिटेन्डेन्ड अफ फिजिओथेरापी शर्मा इन्फेन्ट्री ट्रेनिंग सेन्टर क्याट्रिकमा कार्यरत छन् ।
मंगलबार रोयल जिओग्राफिकल सोसाइटी लन्डनमा आयोजित डिफेन्स् मेडिकल कन्फरेन्स्मा शर्मा पुरस्कृत भए । गोल्ड मेडलसहित नगद पांचसय पाउण्ड प्राप्त गरेपछि वीनेपालीसंग खुशी सांट्दै शर्माले यसलाई आफ्नो करिअरकै उपलव्धिका रुपमा लिएको बताए ।
ब्रिटिश आर्मीमा तनाव (स्ट्रेस् फ्याक्टर) र बोन इन्जुरीका कारण वृद्धि भइरहेको मेडिकल डिस्चार्ज क्रम घटाउन चिन्तित एमओडिले यसको अनुसन्धानमा १८ मिलिअन पाउण्ड खर्च गरेको छ । शर्माको रिसर्च तिनै समस्या न्यूनीकरणका उपाय खोजी गर्न उत्कृष्ट ठहरिएको हो ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन