काठमाडौं। जर्मन सरकारले युवा वैज्ञानिक खोजका लागि प्रत्येक वर्ष प्रदान गर्ने ‘ग्रीन ट्यालेन्ट २०१४’ बाट नेपाली परिवेश प्रधान पुरस्कृत भएका छन् ।
बर्लिनमा आयोजित कार्यक्रममा जर्मनी सरकारका शिक्षा तथा अनुसन्धान मन्त्री जोहान्ना वान्काले हिमाली क्षेत्रमा गरेको वैज्ञानिक अनुसन्धानका लागि प्रधानलाई सम्मान गरिन् । यो पुरस्कारबाट विश्वका २५ युवा वैज्ञानिक पुरस्कृत भएका छन्।
हिमाली क्षेत्रका वैज्ञानिक अनुसन्धान गर्दा प्रधानसँग रहेको विषेश व्यवहारिक ज्ञानको प्रयोग गरेकामा सो अवार्ड प्रदान गरिएको हो।
सो कार्यक्रममा वान्काले ग्रीन ट्यालेन्ट कार्यक्रममा भविष्यमा विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगका लागि महत्वपूर्ण हुने बताइन्।
प्रधानको अनुसन्धान जलवायु परिवर्तनको कारण हिउ तथा हिमनदी पग्लिन, त्यसको कारण हिमाली क्षेत्रमा पानीको स्तर र उपलब्धता साथसाथै प्राकृतिक विपत्ति र जोखिमको मुल्याकंनको विषयमा केन्द्रीत रहेको थियो। एक दसकअघि इन्जिनियरिङको अध्ययन पुरा गरेपछि प्रधानले एकीकृत हिमाली विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड) र राष्ट्र संघीय वातावरण कार्यक्रम (युनेप)को एशिया प्रशान्त क्षेत्रीय स्रोत केन्द्रमा काम गरेको थिए। त्यसबाट प्रधानले वातरवरण र विकासका अभ्यासको बारेमा गहिरो व्यवहारिक ज्ञान प्राप्त गरेका थिए।
एक वर्षअघि प्रधानले जुरिच विश्वविद्यालयमा फिजिकल जिओग्राफी विषयमा पोस्ट ग्य्राजुयट अध्ययन शुरु गरेका छन्।
सन् २०१० ग्रिन ट्यालेन्टका प्रतिस्पर्धामा एक सयभन्दा बढी देशबाट ८ सयबाट आवेदन परेका थिए। विज्ञहरुको निर्णायक मण्डलले दिगो विकासको क्षेत्रमा योगदान पुर्याउन सक्ने २५ जना युवा अनुसन्धानकर्तालाई पुरस्कृत गरेको हो । सन् २००९ देखि यो पुरस्कार प्रदान गर्न थालिएको हो।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए