काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रो कोष (आइएमएफ) ले नेपालको यो वर्षको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । तर, नेपालमा सरकारको भने वृद्धिदर साढे ५ प्रतिशत अनुमान छ।
यो अन्तर्राष्ट्रिय संस्थाले रेमिट्यान्सले बढाउने उपभोगका कारण सेवा क्षेत्र वृद्धि हुने जनाएको छ । कोषले मनसुन राम्रो भएका कारण गत आर्थिक वर्षमा वृद्धि दर साढे ५ प्रतिशत पुगेको जनाएको छ। 
कोषले दक्षिण एशियाली क्षेत्रको प्रकाशित आर्थिक रिपोर्टमा नेपालको आर्थिक वृद्धि दर अफगानिस्तान, पाकिस्तान र मल्दिभ्सभन्दा उच्च रहने जनाएको छ।
दक्षिण एशियाली देशको औसत आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । सबैभन्दा उच्च वृद्धिदर भुटानमा ७.६ प्रतिशत रहने कोषले जनाएको छ । भुटान पछि बंगलादेश, श्रीलंका र भारत रहनेछ ।
प्रतिवेदनअनुसार, नेपालको मुद्रास्फिती दर ७.८ प्रतिशत रहेन अपेक्षा गरिएको छ। भारतमा समेत मुद्रास्फिती कम हुने अनुमान गरिएको छ। दुई तिहाइभन्दा बढी व्यापार रहेको भारतमा मुद्रास्फिती घट्ने हुँदा त्यसको प्रत्यक्ष पाइदा पाउनेछ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी