काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रो कोष (आइएमएफ) ले नेपालको यो वर्षको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । तर, नेपालमा सरकारको भने वृद्धिदर साढे ५ प्रतिशत अनुमान छ।
यो अन्तर्राष्ट्रिय संस्थाले रेमिट्यान्सले बढाउने उपभोगका कारण सेवा क्षेत्र वृद्धि हुने जनाएको छ । कोषले मनसुन राम्रो भएका कारण गत आर्थिक वर्षमा वृद्धि दर साढे ५ प्रतिशत पुगेको जनाएको छ। 
कोषले दक्षिण एशियाली क्षेत्रको प्रकाशित आर्थिक रिपोर्टमा नेपालको आर्थिक वृद्धि दर अफगानिस्तान, पाकिस्तान र मल्दिभ्सभन्दा उच्च रहने जनाएको छ।
दक्षिण एशियाली देशको औसत आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । सबैभन्दा उच्च वृद्धिदर भुटानमा ७.६ प्रतिशत रहने कोषले जनाएको छ । भुटान पछि बंगलादेश, श्रीलंका र भारत रहनेछ ।
प्रतिवेदनअनुसार, नेपालको मुद्रास्फिती दर ७.८ प्रतिशत रहेन अपेक्षा गरिएको छ। भारतमा समेत मुद्रास्फिती कम हुने अनुमान गरिएको छ। दुई तिहाइभन्दा बढी व्यापार रहेको भारतमा मुद्रास्फिती घट्ने हुँदा त्यसको प्रत्यक्ष पाइदा पाउनेछ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार