
लण्डन । बालबालिका क्षेत्रमा नोबेल पुरस्कार मानिने चिल्ड्रेन पिस प्राइज स्वीडेनमा थापेर युके आइपुगेकी बन्दी सहायता नेपाल (पीए नेपाल) की इन्दिरा रानामगरलाई मगर संघ युकेले अभिनन्दन गरेको छ ।
शुक्रबार साँझ अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा मगर संघ, युकेका अध्यक्ष दुतबहादुर पुनले उनलाई अभिनन्दन गरेका थिए । त्यसपछि कार्यक्रममा उपस्थित सबैले उनलाई पुष्पगुच्छा र खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै रानामगरले जेलमा रहेका बालबालिकाको उद्धार र पठनपाठनमा आफू लाग्नुको कारण बिस्तारमा खुलाएकी थिइन् । सबैको हेलाँ मानिएको यस क्षेत्रमा लाग्दा आफूले भोग्नु परेको हण्डरका बारेमा पनि उनले बताएकी थिइन् । वर्षौँअघि यो क्षेत्रमा लाग्दादेखि अहिले पुरस्कार पाउँदासम्म पनि खुट्टा तान्नेहरुको कमी नरहेको तीतो यथार्थ पनि उनले पोखिन् । बालबालिका नै आफ्ना लागि उर्जाको खानी रहेको उल्लेख गर्दै उनले उनीहरु खुशी हुँदा नै आफूलाई सन्तुष्टि लाग्ने दोहोर्याइन् ।
कार्यक्रममा मगर संघ युकेका अध्यक्ष दुत पुनले इन्दिराले अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा हर्ष लागेको बताउँदै मगर संघ युकेले बन्दी सहायता नेपाललाई सहयोग गर्ने वचन दिएका थिए ।
मगर संघ युके युनाइटेड सरे, हृयाम्पसायर, बर्कसायर शाखा महिला समितिले लेडिज डिस्को गरेर बचाएको रकम सो अवसरमा शाखाका तर्फबाट छविमाया पुनले हस्तान्तरण गरेकी थिइन् । सहयोग ग्रहण गर्दै रानाले सो रकम कहाँ उपयोग भयो भनेर स्पष्ट जानकारी दिने प्रतिवद्धता व्यक्त गरिन् ।
महासचिव बम सूर्यवंशीले सञ्चालन गरेको सो कार्यक्रममा मगर संघ युकेका सल्लाहकारहरु थर्क राना, मेजर रिटायर्ड कुल थापा, मेजर रिटायर्ड चित्र राना, भरत थापा, युनाइटेड हृयाम्पसायर, बर्कसायर, सरे शाखा अध्यक्ष ताम ढेंगा लगायतले बधाई मन्तब्य दिएका थिए ।
कार्यक्रममा सहभागी हुन स्वीण्डन, हाउन्स्लो, वेम्लीबाट सहभागीहरु आएका थिए । कार्यक्रमको संयोजन उपाध्यक्ष नेम थापाले गरेका थिए ।
लामो समयदेखि नेपालमा जेलमा रहेका बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी रानामगरलाई किड्स राइटस् भन्ने स्वीडेनको गैरनाफामूलक संस्थाले उनको योगदानको कदर गर्दै गत हप्ता अनेरी चिल्ड्रेन पिस प्राइज दिएको थियो । मूल पुरस्कार भने नोबेल पुरस्कार विजेता पाकिस्तानी बालिका युसुफ मलालालाई दिइएको थियो । इन्दिरासँगै माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म पुस्तकका लेखक जोन उडले अनेरी पुरस्कार पाएका थिए ।
पुरस्कार ग्रहणपछि लिभरपुल जोन मुर्स युनिभर्सिटीमा प्रवचन सिध्याएर इन्दिरा लण्डन आइपुगेकी हुन् ।
तस्वीरहरु: मिलन तमु
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’