बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: ०९:५५ | UK Time: 05:10

चलचित्र निर्देशक आलोक नेम्वाङ मृत अवस्थामा फेला

वीनेपाली
२०७१ कार्तिक २० गते १५:४३

काठमाडौं। चलचित्र निर्देशक आलोक नेम्वाङ मृत अवस्थामा भेटिएका छन्। Alok_Nimangनेम्वाङको शव काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्लास्थित आफ्नै अपार्टमेन्टमा बिहीबार साँझ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले नेम्वाङलाई भर‌्याङको रेलिङमा झुण्डिएको अवस्था भेटिएको बताएको छ । थप विवरण आउन बाँकी छ। अमेरिकाबाट सिनेमा र थियटर विषयमा अध्ययन गरेर फर्केका नेम्वाङले एक सयभन्दा बढी  म्युजिक भिडियो र तीन वटा फिल्म निर्देशन गरेका छन्। उनले ‘सानो संसार’ र ‘केही मेरो’ फिल्म निर्देशन गरेका छन्। उनको निर्देशनको फिल्म ‘अझै पनि’ पोस्ट प्रोडक्सनको चरणमा छ । उनले लिम्वु भाषाको चलचित्र ‘नुमा फुङ’ मा अभिनय समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक