लन्डन । उपाध्यक्ष हिराधन राईका शब्दमा गैर आवासीय नेपाली संघ बेलायतको कार्यसमिति अहिले ३७ सदस्यीय छ । पावर सेयरिङका क्रममा बनेको उक्त जम्बो कार्यसमितिबाटै सह अध्यक्ष योगेन क्षेत्रीलाई असहयोग भएको छ । महिना दिन अघिदेखि व्यापक तयारी र सनसनी देखिने एजेण्डा बांडेर आइतबार क्षेत्रीले आफ्नो शक्ति प्रदर्शन गर्न डाकेको भेलामा कार्यसमिति सदस्यहरुले नै उनलाई साथ दिएनन् ।
क्षेत्रीले कार्यकारी अधिकार आफैंमा रहेको व्यहोरासहित भेलामा हालसम्मको विवाद, अध्यक्ष महेन्द्र कंडेल पक्षबाट भएको भनिएको आर्थिक घोटालाबारे पर्दाफास, संस्थाको उपलव्धि र नयां रणनीति तय गरिने जस्ता रोचक एजेण्डा दिंदै गैर आवासीय नेपाली संघ बेलायतका प्रमुख संरक्षक, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, समस्त पदाधिकारीहरु र सञ्चारकर्मीलाई उपस्थित हुन निम्तो पठाएपनि भेलामा अत्यन्त झिनो सहभागिता रहेपछि संस्थाभित्र क्षेत्रीको शक्ति क्षयीकरण हुदै गएको प्रष्टिएको छ । भेलामा क्षेत्री आफैं, राष्टिय सहसंयोजक योगकुमार फगामी, सचिव संगीता मरहट्ठासहित मुश्किलले आधा दर्जन पदाधिकारी पनि जुट्न सकेनन् । इमेलबाट निम्तो र फोनमा अनुनय गरेपनि एनआरएनए यूके सम्वद्ध बांकी पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु र प्रमुख संरक्षक कसैको अनुहार भेलामा देखिएन । जानकारी सभामा फितलो उपस्थितिले क्षेत्री स्वयंले संस्थामा आफू एक्लिंदै गएको प्रमाणित गरेको धेरैको बुझाइ छ । वी नेपालीले राष्टिय सहसंयोजक योगकुमार फगामीसंग भेलामा न्यून सहभागिताबारे सम्पर्क गर्न खोज्दा उनी हस्पिटलमा व्यस्त रहेको जनाउंदै पन्छिए ।
स्रोतका अनुसार, भेलामा केही संघसंस्था, फूर्सदिला भूपू गोर्खा, तिनका परिवार र क्षेत्री निकट व्यक्तिहरुकै वाहुल्यता थियो । ‘यो नटुंगिने विवादमा मौन बस्नु नै उत्तम लाग्यो’, एक पूर्व अध्यक्षले वी नेपालीसंगभने, ‘मिलेर अघि बढ्नुको सट्टा एकापसमा लडिरहने हो भने अब संस्थाको नाम उच्चारण गर्न पनि लाजमर्दो छ ।’
कार्यसमितिका कोषाध्यक्ष दासुराम पाण्डेले अघिल्लो वर्ष गरिएको सम्झौता स्वीकार गर्दै क्षेत्रीलाई अध्यक्ष मान्न नसकेर भेलामा नगएको बताए । ‘अहिले योगेनजीले बलजफ्ती हस्ताक्षर गराइयो भन्ने तर्क गर्नुभएको छ । यदि त्यसमा सहमति थिएन भने भोलिपल्टै सार्वजनिक रुपमा म सम्झौता मान्दिन भन्न सक्नुपथ्र्यो’, पाण्डेले भने, ‘एक वर्षपछि आएर दवावमा गराइयो भन्नु तर्कहीन छ ।’ योगेनले एकवर्ष अवधिमा कार्यसमिति बैठकमा कहिल्यै पनि दवावमा सम्झौता गराइएको उल्लेख नगरेको पनि पाण्डेले बताए । कार्यसमिति सदस्य फडिन्द्र भट्टराईले आफू हस्ताक्षरकर्ता मध्ये एक रहेको जनाउंदै सहमति अनुसार महेन्द्र कंडेललाई अध्यक्ष मानिसकेपछि नैतिक रुपमा पनि क्षेत्रीको भेलामा नगएको उल्लेख गरे । उनले त्यो सम्झौता कसैको दवावमा नगरिएकोमा पनि जोड दिए । भट्टराईले वर्षदिनसम्म सहमति ठीक तर, नेतृत्व हस्तान्तरणका बेला बेठिक भन्नु हास्यांस्पद रहेको समेत टिप्पणी गरे ।
गत २९ सेप्टेम्बर २०१३ सालमा आफैले गरेको सहमति कार्यान्वयन गर्ने बेलामा ‘तथाकथित’ भन्दै प्रस्तुत भएका सहअध्यक्ष क्षेत्रीले कार्यक्रममा आफ्नै गृह जिल्ला म्याग्दीमा बन्दै गरेको बृद्धाश्रम निर्माणलाई मुख्य उपलव्धिका रुपमा प्रस्तुत गरे । क्षेत्रीले भेलाको अधिकांश समय कार्यकारी अध्यक्ष महेन्द्र कंडेल पक्ष र गत २९ सेप्टेम्बर २०१३ सालमा एनआरएनए यूकेलाई फुटको संघारबाट जोगाउने प्रमुख संरक्षक डा. सूर्य सुवेदीकै आलोचनामा खर्चेका थिए ।
एनआरएनए यूके विवाद साम्य पार्न केन्द्रलाई गुहार्दै आएका क्षेत्रीले भेलामा कार्यकारी अध्यक्ष महेन्द्र कंडेललाई एनआरएनए सम्वद्ध कुनै गतिविधि नगर्न आग्रह गरे तर केन्द्रबाट पठाइएको भनिएको इमेल भने वितरण गर्न सकेनन् ।
डा. सुवेदीले तत्कालिन अवस्थामा एनआरएनए राष्ट्रिय परिषद्का संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेको सल्लाहमा ‘असाधारण एकता सम्मेलन’ गरि एक एक कार्यकाल कार्यकारी नेतृत्व बांड्ने गरि एनआरएनए यूकेलाई एकवद्ध गर्ने सहमति गराएका थिए ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने