लन्डन । तमु समाज युकेको सातौं वार्षिक साधारणसभाले चौंथो कार्यसमितिका लागी पूर्व महासचिव तथा वर्तमान सल्लाहकार अर्जुनकुमार गुरुङको अध्यक्षतामा सर्वसम्मतिले चौंथो कार्यसमिति चयन गरेको छ । लण्डनस्थित हेरो बरो फुटबल क्लबको सभा हलमा १ नोभेम्बर २०१४ का दिन सम्पन्न साधारण सभाले बिजु गुरुङ, शिवचन्द्र गुरुङ र ले.रि. मिम बहादुर गुरुङ उपाध्यक्ष, ज्ञान बहादुर गुरुङ महासचिव, हर्कबहादुर गुरुङ सचिव, उदय गुरुङ कोषाध्यक्ष, कन्याप्रसाद गुरुङ सह कोषाध्यक्ष, केदार बहादुर गुरुङ संयोजक, माया गुरुङ आमा समूह अध्यक्ष, ओमकार गुरुङ युवा समूह अध्यक्ष, गगन गुरुङ सांस्कृतिक सचिव तथा लक्ष्मी गुरुङ सांस्कृतिक सहसचिव, हरिमान गुरुङ खाद्य तथा खेलकुद सचिव, वुद्धि गुरुङ सुरक्षा सचिव, खुमबहादुर गुरुङ शिक्षा सचिव चुनिए । त्यसैगरि, वेव मास्टरमा यामबहादुर गुरुङ, भिम बहादुर गुरुङ सदस्यता सचिव, काजिमान गुरुङ सम्पत्ति सचिव, बिन्दु घले, सिर्जना गुरुङ, चन्द्र कुमारी गुरुङ, बबिता गुरुङ, मथुरा गुरुङ, पदम माया गुरुङ, रोहित गुरुङ, जीवन गुरुङ, सन्दीप गुरुङ तथा निरज गुरुङ कार्य समिति सदस्यको रुपमा चयन भएका छन् ।
निर्वाचित भएपछि अध्यक्ष गुरुङले आफ्नो क्षमताले भ्याएसम्म मन, वचन र कर्मले संस्थाको हितमा काम गर्ने बताए । वैचारिक, नीतिगत र संस्थागत सबै रुपमा तमु समाज युके सक्षम भएको दावी गर्दै उनले अझ सशक्त रुपले अघि बढाउन आफू सधै कटिवद्द रहने बताए । नव निर्बाचित कार्यसमितिलाई अध्यक्ष, संस्थापक अध्यक्ष र आमा समूहकी अध्यक्षले खादा लगाई बधाई दिएका थिए। तेस्रो कार्यसमितिले आगामी ल्होछार कार्यक्रम ३ जनवरी २०१५ का दिन नयाँ कार्यसमितिलाई सम्पूर्ण कार्यभार हस्तान्तरण तथा बरबुझारथ गर्नेछ ।
पहिलो र दोस्रो गरि दुई चरणमा संचालित कार्यक्रममा समाजका संयोजक शिव कुमार गुरुङले हेल्थ एण्ड सेफ्टी सम्बन्धी जानकारी दिएका थिए भने महासचिव रामचन्द्र गुरुङले कार्यक्रम संचालन गरेका थिए । साधारणसभाको बर्तमान अध्यक्ष शिवशरण गुरुङ र संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङले संयुक्त रुपमा दिप प्रज्वालन गरि समुद्घाटन गरेका थिए । सभामा उपाध्यक्ष टंकराम गुरुङले स्वागत मन्तब्य तथा महासचिव रामचन्द्र गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
यसै गरि सभामा आमा समूहकी अध्यक्ष माया गुरुङले समूहको गतिबिधि तथा हाल सम्मका उपलव्धिबारे जानकारी दिइन् भने युबा समूहका अध्यक्ष ओमकार गुरुङले आफ्नो समूहका कार्यक्रम तथा प्राप्त उपलव्धिबारे अवगत गराए । यसै क्रममा समाजका कोषाध्यक्ष केदार बहादुर गुरुङले समाजको आर्थिक प्रतिबेदन र समाजको भवन खरिद परियोजनाका संयोजक तथा सल्लाहकार सुवसिं गुरुङ वीइएमले समाजको भवन खरिद परियोजना सम्बन्धी प्रगति विवरण प्रस्तुत गरे ।
अत्यन्तै प्रजातान्त्रिक शैलीमा संचालित उक्त वार्षिक साधारणसभाले समाजको भावी कार्यक्रम अतिरिक्त विधान संसोधन लगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल गरेर वहुमतले पारित गर्यो ।
सभाको दोस्रो चरणमा अध्यक्ष शिवशरण गुरुङले २०१२ को वार्षिक साधारण सभामा सर्बसम्मतिले गरेको महत्वपूर्ण निर्णय अनुरुप संस्थाको नाम परिवर्तनसहित च्यारिटी कमिसनमा दर्ता भएपछि भावनात्मक रुपमा सबै एकतावद्द भई समाजको सर्बोपरि हित, उन्नति र तेस्रो कार्यसमितिको कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । सभा समापन र तेस्रो कार्यसमितिको बिघटन भएको घोषणासंगै संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङको अध्यक्षतामा गठित निर्वाचन समितिले बाँकी कार्यक्रम संचालन गरेको थियो । निर्वाचन समितिमा सल्लाहकारहरु सनमान गुरुङ, सुश्री टिका गुरुङ र चन्द्रबहादुर गुरुङ सदस्य थिए ।
सभामा सह कोषाध्यक्ष भरत गुरुङले सामाजिक भवन खरिद परियोजना सहयोगार्थ आइस बकेट च्यालेन्ज गरि संकलित रकम भवन खरिद परियोजना कोषलाई हस्तान्तरण गरेका थिए । साधारण सभामा सहभागी सबैलाई चिया नास्ताको प्रायोजन सह कोषाध्क्ष भरत गुरुङ तथा आजीवन सदस्य सिर्जना गुरुङ र खाना प्रवन्ध बेइजिङ नुडल्स हाउस रेडिङका दीपक गुरुङले गरेका थिए । साउण्ड सिस्टमको प्रबन्ध भने नेपाली फस्ट मिडियाका नवीन लामाले गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]