
लन्डन । मिथिलाञ्चलको पवित्रम पर्व छठ नेपालमा धुमधामसंग मनाइएको अलिक अघि भएपनि लन्डनमा चाहिं शनिवारमात्र मनाउने साइत जुर्यो । कार्तिक शुक्ल पक्षको ६ दिन अर्थात गत बुधवार मनाइने भएपनि यहां वीकेन्ड पारेर एसोसिएसन अफ नेपलिज मधेशीज् इन यूकेले एक कार्यक्रमबीच छठ मनाएको हो ।
हिन्दू धर्ममा छठ पर्वका दिन अस्ताउन लागेको सूर्यलाई अर्घ दिएर पूजा गरिन्छ । छठको ब्रत वस्दा छालाको रोग नलाग्ने, सन्तान प्राप्ति, सुख समृद्धि, सौभाग्य र सम्भावित दुर्घटनाबाट जोगिने जस्ता धार्मिक विश्वास छ ।
बेलायतस्थित मधेशी समुदायको कार्यक्रममा अतिथीहरु भने सबै जात जाती र वर्गबाट सहभागी भए । नेपाली दूतावासका बाबुकाजी डंगोल प्रमुख अतिथी थिए भने एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, वरिष्ठ सञ्चारकर्मी सुमन खरेल, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल, गुल्मी जिल्ला समाज यूकेका सचिव तथा पत्रकार शिव भण्डारी, यती अध्यक्ष उमेश मोक्तान, मगर संघ यूके प्रतिनिधि, भिम आचार्य, कमल खनाल, मिलन घिमिरे लगायत अतिथीले शुभकामना दिएका थिए ।
एभरेष्ट बार एण्ड रेष्टुरेन्टमा आयोजित एसोसिएसनको छैठौं उक्त छठ पर्वमा यसको धार्मिक महत्वबारे चर्चा, पूजा तथा प्रसाद वितरण भएको थियो ।
सुरेन्द्र शाहको सभापतित्व एवं सुनिल शाहले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष ओमप्रकाश नायकले स्वागत मन्तव्य दिए । मन्तव्यका क्रममा नायकले एसोसिएसनले अर्को वर्ष कतै तलाउ वा नदी किनारमा नेपाल जस्तै गरि पर्व मनाउने योजना बनाएको बताउंदै संस्कृति संरक्षण र नयां पुस्तालाई यसबारे अवगत गराउन लन्डनमा ६ वर्षयता निरन्तर मनाइएको जनाए ।
पुष्कर पटेलले वालवालिकाका लागि हाजिरी जवाफ प्रतियोगिता समेत सञ्चालन गरे । करिब सय जना सहभागी कार्यक्रममा अनलाइन रेडियो राइनोका तर्फबाट रञ्जित बस्नेत र मिलन शर्मा उपस्थित थिए । पाहुना सत्कारमा रामसुन्दर शाह र दिलिप महासेठ व्यस्त रहे ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?