
लन्डन । मिथिलाञ्चलको पवित्रम पर्व छठ नेपालमा धुमधामसंग मनाइएको अलिक अघि भएपनि लन्डनमा चाहिं शनिवारमात्र मनाउने साइत जुर्यो । कार्तिक शुक्ल पक्षको ६ दिन अर्थात गत बुधवार मनाइने भएपनि यहां वीकेन्ड पारेर एसोसिएसन अफ नेपलिज मधेशीज् इन यूकेले एक कार्यक्रमबीच छठ मनाएको हो ।
हिन्दू धर्ममा छठ पर्वका दिन अस्ताउन लागेको सूर्यलाई अर्घ दिएर पूजा गरिन्छ । छठको ब्रत वस्दा छालाको रोग नलाग्ने, सन्तान प्राप्ति, सुख समृद्धि, सौभाग्य र सम्भावित दुर्घटनाबाट जोगिने जस्ता धार्मिक विश्वास छ ।
बेलायतस्थित मधेशी समुदायको कार्यक्रममा अतिथीहरु भने सबै जात जाती र वर्गबाट सहभागी भए । नेपाली दूतावासका बाबुकाजी डंगोल प्रमुख अतिथी थिए भने एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, वरिष्ठ सञ्चारकर्मी सुमन खरेल, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल, गुल्मी जिल्ला समाज यूकेका सचिव तथा पत्रकार शिव भण्डारी, यती अध्यक्ष उमेश मोक्तान, मगर संघ यूके प्रतिनिधि, भिम आचार्य, कमल खनाल, मिलन घिमिरे लगायत अतिथीले शुभकामना दिएका थिए ।
एभरेष्ट बार एण्ड रेष्टुरेन्टमा आयोजित एसोसिएसनको छैठौं उक्त छठ पर्वमा यसको धार्मिक महत्वबारे चर्चा, पूजा तथा प्रसाद वितरण भएको थियो ।
सुरेन्द्र शाहको सभापतित्व एवं सुनिल शाहले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष ओमप्रकाश नायकले स्वागत मन्तव्य दिए । मन्तव्यका क्रममा नायकले एसोसिएसनले अर्को वर्ष कतै तलाउ वा नदी किनारमा नेपाल जस्तै गरि पर्व मनाउने योजना बनाएको बताउंदै संस्कृति संरक्षण र नयां पुस्तालाई यसबारे अवगत गराउन लन्डनमा ६ वर्षयता निरन्तर मनाइएको जनाए ।
पुष्कर पटेलले वालवालिकाका लागि हाजिरी जवाफ प्रतियोगिता समेत सञ्चालन गरे । करिब सय जना सहभागी कार्यक्रममा अनलाइन रेडियो राइनोका तर्फबाट रञ्जित बस्नेत र मिलन शर्मा उपस्थित थिए । पाहुना सत्कारमा रामसुन्दर शाह र दिलिप महासेठ व्यस्त रहे ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा