काठमाडौ। आइसिसी डिभिजन थ्री लीग च्याम्पियन बनेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भब्य स्वागत भएको छ।
फाइनलमा युगान्डालाई ६२ रनले पराजित गर्दै च्याम्पियन बनेको नेपाली टोलीलाई खेलकुद परिषदका सदस्य सचिव युवराज लामासहितका पदाधिकारीहरुले टोलीको स्वागत गरेका थिए।
नेपाली खेलाडीको स्वागत गर्न क्रिकेट प्रसंसकको विमानस्थलमा भीड लागेको थियो। उनीहरुले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउनु पर्ने माग गर्दै नारावाजी समेत गरेका थिए।
च्याम्पियन नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्ने युगान्डा पनि डिभिजन टु मा बढुवा भएको छ। दुवै टोलीले जनवरीमा नामिबियामा क्यानडा, केन्या, नामिविया र नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छन्। डिभिजन टु मा शीर्ष स्थानमा रहने टोलीले इन्टर कन्टिनेन्टल खेल खेल्न पाउने छन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा