
लन्डन । आफूले आफैंलाई निरोगी र लामो आयुको कामना गर्दै गरिने म्हः पूजा विशेष गरि नेवारी समुदायले गर्ने गर्छन् । तर, गत शुक्रवार बेलायतको रेडिङमा आयोजित म्हः पूजामा भने एसियन, अफ्रिकी र बेलायती मुलका नागरिक समेत सहभागी भए । कार्यक्रम पनि पाकिस्तानी हलमा ।
कार्यक्रमका करिब डेढ सय सहभागीमध्ये अधिकांश नेवारी पहिरन र गरगहनामा सजिएका थिए । क्रमवद्ध तरिकाले चटकीमा बसेका विदेशी अतिथी अनि सहभागीलाई जानकी कायस्थले पूजा गरेकी थिइन् । आयोजक पासा पुचः गुठी रेडिङकी कोषाध्यक्ष कायस्थमाथि पूजा संयोजनको जिम्मा थियो ।
शाखाको सातौं म्हः पूजामा नेवारी भोज बारा, समे बजी, ठों (नेवारी जांड), छोयलाको स्वादले पनि विदेशीको मन जित्यो ।
प्रवासमा नेवारी संस्कृति संरक्षणसंगै विदेशी र नेपाली युवा पुस्तामाझ यसलाई चिनाउनु कार्यक्रमको उद्देश्य रहेको सचिव विक्रम श्रेष्ठले जनाए ।
शाखा अध्यक्ष सुदर्शन श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त पूजा कार्यक्रममा प्रमुख अतिथी एवं पासा पुचः गुठी बेलायतका केन्द्रिय महासचिव शिवजी श्रेष्ठ, रेडिङ नेपाली समाजका अध्यक्ष कीर्तिविलास पन्त, शाखाका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ र शाखा अध्यक्ष सुदर्शन श्रेष्ठले शुभकामना दिंदै पूजाको सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए । सचिव विक्रम श्रेष्ठले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष त्रिरत्न तुलाधरले स्वागत मन्तव्य दिए ।
उक्त अवसरमा गुठीले पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठको सांगठनिक योगदान, कन्सल्टेन्ट भएकामा डा. सन्तोष प्रधान, व्यारिष्टर बन्न सफल भएकामा देवेन्द्र श्रेष्ठ र प्राविधिक सहयोगी राजेन्द्रलाल श्रेष्ठको परिवारलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा स्थानीय गायक उज्जवल भण्डारीको नेतृत्वमा देउसी भैलो समेत खेलियो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग