काठमाडौं। मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेटमा नेपालले अमेरिकालाई १० रनले पराजित गरेको छ। पानीले प्रभावित खेलमा प्रतिउत्तर ब्याटिङ गरेको नेपालले डकवर्थ लुइस नियमअनुसार अमेरिकालाई पराजित गरेको हो। 
जीतसँग राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगिताको अंक तालिकामा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । युगान्डासँग बराबरी अंक भएपनि नेट रन रेटको आधारमा शीर्ष स्थान प्राप्त गरेको हो। सोमबार अमेरिकासँग भएको खेलमा पानी परेपछि मंगलबार पुन: खेल खेलाइएको हो।
मंगलबार क्वालालम्पुरको किनरारा मैदानमा टस जितेर ब्याटिङ गर्न उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो। २ सय २४ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा १ विकेट ७३ रन बनाएको पछि पानीको कारण खेल स्थगित भएको थियो। त्यसपछि डकबर्थ लुइस नियमअनुसार नेपालले खेल जितेको घोषणा गरिएको थियो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलले उत्कृष्ट ब्याटिङ गरेका थिए। पहिलो टकेर खेलेका खकुरेलले डकवर्थ नियमानुसार आवश्यक पर्ने रन जुटाउन अन्तिम ओभरमा आक्रमक ब्याटिङ गरेका थिए। नेपालले बुधबार आयोजक मलेसियासँग खेल्ने छ।
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण