पोर्टस्मथ । करिब २५ हजार धावकहरुले भाग लिएका यहांको एउटा वृहत म्याराथन बुपा ग्रेट साउथमा चार भञ्ज्याङ तमु समाज यूके सदस्यहरुले भाग लिएका छन् । गत आइतबार २६ अक्टोबरका दिन बेलायतको पर्यटकीय शहर पोर्टस्मथमा दश माइल दूरीको २५ औं उक्त दौड सम्पन्न भएको हो ।
च्यारिटीका लागि बेलायतमा बुपा ग्रेट साउथ दौडको आफ्नै ख्याति छ ।
दौडमा भाग लिन समाजका नेपाल विकास कोष संयोजक तथा सल्लाहकार क्या. रि. देऊबहादुर गुरुङ नेपालबाट आएका थिए ।
अन्य धावकहरुमा समाजका महासचिव हरि गुरुङ, कोषाध्यक्ष कृष्ण गुरुङ, कार्यक्रम संयोजक ले. कुसाङ कुमार गुरुङ र सदस्य कुमार घलेले भाग लिएका थिए । उनीहरुले दौडेर ६ हजार पाउण्ड भन्दा बढि रकम संकलन गरेकामा समाजमा अध्यक्ष ले. चन्द्रबहादुर गुरुङले धन्यवाद दिंदै खादाले सम्मान गरे । स्मरण रहोस्, कुसाङले मलेसिया र नेपालको एभरेष्ट म्याराथन जस्ता अन्तर्राष्टिय म्याराथनमा कीर्तिमान कायम गरिसकेका छन् भने कुमार घले आर्मी च्याम्पियन धावक हुन् ।
समाज आवद्ध ति धावकहरुलाई हौसला प्रदान गर्न समाजका अध्यक्षसहित उपाध्यक्ष ज्ञाम गुरुङ, संस्थापक अध्यक्ष ले. नारायणप्रसाद गुरुङ (वीइएम), चार भञ्ज्याङ नेपालका संस्थापक तथा प्रवद्र्धक नारायण कोन्मे तमु, सल्लाहकार ओमप्रसाद गुरुङ, सदस्य हिता घले, मिसन गुरुङ, आमा समूहकी अध्यक्ष शान्ति गुरुङ, विमला गुरुङ, प्रेमा गुरुङ, सन्ध्या गुरुङ, कमला गुरुङ, विना गुरुङ, पञ्च गुरुङ र अन्य पारिवारिक सदस्यहरु पोर्टस्मथ पुगेका थिए ।
च्यारिटीमा दर्ता भएको चार भञ्ज्याङ तमु समाज यूकेले नेपालमा स्वास्थ्य, शिक्षा र अन्य विविध क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा