शनिबार, असोज ३ २०७७ | Sat, September 19, 2020
नेपालको समय: ११:५६ | UK Time: 07:11

वर्षाका कारण नेपाल-अमेरिकाबीचको खेल रद्द, मंगलबार हुने

वीनेपाली
२०७१ कार्तिक १० गते ६:११

काठमाडौं। मलेसियामा जारी आइसिसी डिभिजन थ्री अन्तर्गत नेपाल र अमेरिकाबीच सोमबारको खेल रद्द भएको छ। वर्षाका कारण ३० ओभरमा छुट्टाइएको खेल ७ ओभरभन्दा अघि नबढेपछि खेल रद्द भएको हो। मंगलबार पुन सोही मैदानमा शुरुदेखि दुवै देशबीच खेल हुने छ । ३० ओभरमा १ सय ६० रनको लक्ष्य पछ्याएको नेपालले शुरुमै तीन विकेट गुमाएर संकटमा परेको थियो। यसअघि नेपाली बलरहरुले उत्कृष्ट पुनरागमन गरेपछि मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगतामा अमेरिकाले नेपाललाई २ सय ५ रनकै लक्ष्य प्रस्तुत गरेको छ। क्वलालपुरमा भएको खेलमा टस जितेर अमेरिकाले ब्याटिङ गरेको थियो। अमेरिकाले शुरुको २७ ओभरमा १ सय ३४ रन बनाएको छ। तर ४ड औ ओभरमा अमेरिका अल आउट हुदै २ सय ४ रन मात्रै बनाउनु सक्यो। sompal-kami

अमेरिका नौ विकेट ६८ रनमा झरेको छ। पहिलो विकेट २४ रनमा गुमाएको अमेरिकाका लागि स्टिभ महिसा र फहद बाबरले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। ६० बलमा ७४ रनको पारी खेलेका मसिहाले ४७ रन बनाएका बाबरसँग दोस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै नेपालविरुद्ध ठूलै स्कोर खडा गर्ने संभावना देखाएका थिए। २८ औ ओभरमा सागर पुनले बाबरलाई सुवास खकुरेलबाट स्टपिङ गराएपछि अमेरिकाको पतन शुरुवात भएको थियो।

नेपालका लागि सोमपाल कामीले ३, बसन्त रेग्मी, शक्ति गौचन र सागर पुनले २-२ विकेट लिए। अमेरिकाको एक खेलाडी रन आउट भएका थिए। राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगितामा तीन खेलमा अमेरिकाले दुई वटामा पराजित भएको छ भने नेपालले दुई वटा जितेको छ। यो प्रतियोगितााको शीर्ष दुई स्थानमा रहने टोली डिभिजन टुमा बढुवा हुने छ भने पुच्छारमा रहेका टोली डिभिजन फोरमा रेलिगेट हुने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक