मंगलबार, मंसिर १६ २०७७ | Tue, December 01, 2020
नेपालको समय: ०५:२३ | UK Time: 23:38

सामाजिक भवन खरिदका लागि तमुहरु भिडे देउसी भैलोमा

वीनेपाली
२०७१ कार्तिक ९ गते १९:०६

10356704_561894390576720_8098051831557679116_n

लन्डन । देउसी भैलो खेल्नुका आ आफ्नै उद्देश्य हुन्छन् । कसैलाई केवल मनोरञ्जन गर्न यो जुक्ति उत्तम लाग्छ भने कसैलाई सामूहिक भलाइको उद्देश्यमा उपयोग गर्न । लन्डनवासी तमुहरुमाझ आफ्नो बेग्लै वर्चश्व बनाएको तमु समाज यूकेले भने
२३, २४ र २५ अक्टोवर तीन दिन धुमधामसंग देउसी भैलो खेल्यो सामाजिक भवन खरिदका लागि सहयोग जुटाउन ।

केही वर्षदेखि सामाजिक भवन खरिद गर्ने महत्वकांक्षा लिएर यसमा क्रियाशील समाजले तीन दिनको देउसी भैलोबाट करिब ५ हजार पाउण्ड संकलन गरेको छ । सबैको घर घर जान सम्भव नभएपनि सदस्य र शुभचिन्तकहरु नजिकको पायक पर्ने घरमा भेला भएर सहयोग प्रदान गरेका थिए । कतिपयले अनलाइनबाट पनि रकम सहयोग गरिरहेका समाजले जनाएको छ । यसअघि यही हाउजिङ प्रोजेक्टका लागि संस्थाले करिब ८० हजार पाउण्ड जुटाइसकेको छ ।

तमु समाज यूके अध्यक्ष शिवशरण गुरुङ निवास अल्पर्टनबाट शुरु भएको देउसी भैलो कार्यक्रम पहिलो दिन अल्पर्टन र वेम्ली आसपासमा खेलिएको थियो ।
दोश्रो दिन ह्यारो क्षेत्र र अन्तिम दिन बन्र्टओक गएर समापन गरियो । बन्र्टओक क्षेत्रमा समाजकी पूर्व उपाध्यक्ष सुश्री टिका गुरुङको संयोजकत्वमा कार्यक्रम गरिएको हो ।

तमु पहिरनमा सजिएका समाजका कार्यसमिति सदस्यहरु, ज्येष्ठ नागरिक, आमा समूह र युथहरुको सक्रिय सहभागितामा देउसी भैलो परम्परागत शैलीमै खेलियो । तमु समाज यूके अध्यक्ष शिवशरण गुरुङले सामाजिक भवन खरिद सहयोगार्थ बाहेक देउसी भैलो संस्कारलाई बेलायतमा पनि जीवन्त राख्न तथा सदस्य र शुभचिन्तकहरुबीच पारस्परिक सम्बन्ध सुदृढ र मजवुत बनाउन खेलिएको जनाए ।

व्यवस्थित तवरमा खेलिएको उक्त देउसी भैलो विदेशीको समेत आकर्षणको केन्द्रमा रह्यो । अल्पर्टनस्थित नेपाली पसल जांदा समाजले सडक पेटीमै गरेको देउसी भैलोमा विदेशी समेत आएर नाचे अनि रमाइलो गरे ।

समाजले कार्यक्रम व्यवस्थित बनाउन सल्लाहकार अर्जुनकुमार गुरुङको संयोजकत्वमा आयोजक समिति नै बनाएको थियो जसमा सदस्यहरु आजीवन सदस्य संयोजक कन्या प्रसाद गुरुङ, ज्ञानबहादुर गुरुङ, सल्लाहकार सुश्री टिका गुरुङ, सल्लाहकार चन्द्रबहादुर गुरुङ र श्रीमती चन्द्र कुमारी गुरुङ सम्मिलित थिए ।

सन् २००७ सालदेखि निरन्तर चलिरहेको समाजको देउसी भैलो यस पाला दोश्रो दिन संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको घरमा धुमधाम भएको थियो । तेश्रो दिन कोषाध्यक्ष केदार गुरुङको घरबाट शुरु गरेर आजीवन सदस्य श्रीमति शारदा गुरुङको घरमा समापन गरिएको अध्यक्ष गुरुङले जनाए ।

10599240_561894733910019_5161089360556838685_n

10346188_4683627346004_7065626941158278150_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक