लन्डन । मिस यूके नेपाल २०१४ सुन्दरीहरु एउटा भिन्न च्यारिटी कार्यक्रम गर्न जुटेका छन् । करिब दुई महिना अघि सम्पन्न प्रतियोगितामा हार जित वेवास्ता गर्दै उनीहरु सामूहिक रुपमा ‘ब्यूटी वीथ अ परपोज’ नामक च्यारिटी गर्न लागेका हुन् । ‘ब्यूटी वीथ अ परपोज’ नामक च्यारिटी हुन लागेको यो चौंथो पटक हो । मिस यूके नेपाल प्रतियोगिताकी आयोजक शान्ति गुरुङको यो परिकल्पनालाई धेरैले प्रशंसा गर्दै आएका छन् ।
आगामी नोभेम्बर ८ तारिख सांझ ह्यारो बरो फुटबल क्लव हलमा कार्यक्रम तय गरिएको छ । यसवर्षकी मिस यूके नेपाल निया देवानले च्यारिटीबाट संकलित रकम नेपालमा चेलिबेटी वेचविखन विरुद्ध कार्यरत संस्था माइती नेपाललाई दिइने जनाइन् ।
‘गुड कज’ भएकाले कार्यक्रममा सहभागी भएर आर्थिक सहयोग गरिदिन सुन्दरीहरुले आग्रह गरेका छन् । टिकट मुल्य दश पाउण्डमात्र छ । कार्यक्रममा सुन्दरीहरुले आ आफ्नो कला प्रस्तुत गर्नेछन् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक