काठमाडौं। मलेसियामा बिहीबारबाट शुरु भएको आइसिसी डिभिजन थ्रि क्रिकेट प्रतियोगतामा पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भएको छ। क्वालालम्पुरको किन्रारा एकेडेमी ओभलमा भएको खेलमा २ सय ४ रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ८३ रन मात्रै बनाउन सक्यो। 
टस हारेर ब्याटिङ गर्न आएको युगान्डाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो। नेपालका लागि नरेश बुढाएर ६२ रन बनाए । त्यसैगरी शरद भेषावाकर, सागर पुन र सुवास खकुरेलले २२-२२ रन बनाए भने पारस खड्का र ज्ञानेन्द्र मल्लले १४-१४ रनको योगदान दिए। विनोद भण्डारी र मेहबुब आमलले ४-४ रन बनाए। बसन् रेग्मीले १० रन बनाएका थिए। युगान्डाका लागि डेभिस एरिनाइट्वेवेले १० ओभरमा ३३ रन दिएर नेपालको चार विवेट चड्काए।
यसअघि १४ औं ओभरमा २३ रन मात्रै बनाउँदै ५ विकेट गुमाएर संकट परेको युगान्डालाई एमफो मुकोबे र ब्रायन मासाबाले उकासेका थिए। छैठो विकेटका लागि उनीहरुले १ सय ३७ रनको साझेदारी गरेका थिए। सागर पुनको बलम ज्ञानेन्द्र मल्लबाट क्याच आउट हुनुअघि मुकोबेले ८४ रन बनाएका थिए। बसन्त रेग्मीको बलमा सुभाष खकुरेलबाट स्टमपिङ हुनुअघि मासाबा ५१ रन बनाउँदै ठूलो साझेदारीमा योगदान गर्दै नेपालविरुद्ध चुनौतिपूर्ण स्कोर खडा गर्न सघाएका थिए।
खेलको शुरुवात नेपालले उत्कृष्ट ढंगले गरेको थियो। कप्तान पारस खड्काले १० ओभेर बलिङ गर्दै ३४ रन बनाएर तीन ब्याट्सम्यानलाई आउट गरे भने १० ओभर बलिङ गरेका सोमपाल कामीले २९ रन खर्चेर विकेट लिए। खेल बसन्त रेग्मीको नाममा २ विकेट रह्यो। शुक्रबार नेपालले बर्मुडासँग दोस्रो खेल खेल्ने छ।
यसैबीच प्रतियोगितमा संलग्न अर्को टिम अमेरिकाले बर्मुडालाई ६ विकेटले पराजित गरेको छ । राउन्ड रोबिनको आधारमा सञ्चलित प्रतियोगितामा पहिलो खेलमा १ सय ६९ बल बाँकी हुदै खेल अमेरिकाले जितेको हो। बर्मुडाले १ सय ६ रन बनाउँदै अल आउट भएको थियो।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’