डिभिजन थ्रि क्रिकेट: पहिलो खेलमा युगान्डासँग नेपाल पराजित

काठमाडौं। मलेसियामा बिहीबारबाट शुरु भएको आइसिसी डिभिजन थ्रि क्रिकेट प्रतियोगतामा पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भएको छ। क्वालालम्पुरको किन्रारा एकेडेमी ओभलमा भएको खेलमा २ सय ४ रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ८३ रन मात्रै बनाउन सक्यो। Division 3 Group with Sheild

टस हारेर ब्याटिङ गर्न आएको युगान्डाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो। नेपालका लागि नरेश बुढाएर ६२ रन बनाए । त्यसैगरी शरद भेषावाकर, सागर पुन र सुवास खकुरेलले २२-२२ रन बनाए भने पारस खड्का र ज्ञानेन्द्र मल्लले १४-१४ रनको योगदान दिए। विनोद भण्डारी र मेहबुब आमलले ४-४ रन बनाए। बसन्  रेग्मीले १० रन बनाएका थिए। युगान्डाका लागि डेभिस एरिनाइट्वेवेले १० ओभरमा ३३ रन दिएर नेपालको चार विवेट चड्काए।

यसअघि १४ औं ओभरमा २३ रन मात्रै बनाउँदै ५ विकेट गुमाएर संकट परेको युगान्डालाई एमफो मुकोबे र ब्रायन मासाबाले उकासेका थिए। छैठो विकेटका लागि उनीहरुले १ सय ३७ रनको साझेदारी गरेका थिए। सागर पुनको बलम ज्ञानेन्द्र मल्लबाट क्याच आउट हुनुअघि मुकोबेले ८४ रन बनाएका थिए। बसन्त रेग्मीको बलमा सुभाष खकुरेलबाट स्टमपिङ हुनुअघि मासाबा ५१ रन बनाउँदै ठूलो साझेदारीमा योगदान गर्दै नेपालविरुद्ध चुनौतिपूर्ण स्कोर खडा गर्न सघाएका थिए।

खेलको शुरुवात नेपालले उत्कृष्ट ढंगले गरेको थियो। कप्तान पारस खड्काले १० ओभेर बलिङ गर्दै ३४ रन बनाएर तीन ब्याट्सम्यानलाई आउट गरे भने १० ओभर बलिङ गरेका सोमपाल कामीले २९ रन खर्चेर विकेट लिए। खेल बसन्त रेग्मीको नाममा २ विकेट रह्यो। शुक्रबार नेपालले बर्मुडासँग दोस्रो खेल खेल्ने छ।

यसैबीच प्रतियोगितमा संलग्न अर्को टिम अमेरिकाले बर्मुडालाई ६ विकेटले पराजित गरेको छ । राउन्ड रोबिनको आधारमा सञ्चलित प्रतियोगितामा पहिलो खेलमा १ सय ६९ बल बाँकी हुदै खेल अमेरिकाले जितेको हो। बर्मुडाले १ सय ६ रन बनाउँदै अल आउट भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री