काठमाडौं। नेपाली क्रिकेट राष्ट्रिय टोलीले बिहीबारबाट मलेसियामा शुरु हुने आइसिसी डिभिजन थ्री क्रिकेटमा राम्रो गर्ने अपेक्षा गरिएको छ। डिभिजन थ्रीमा नेपालसँगै युगान्डा, बर्मुडा, सिंगापुर, संयुक्त राज्य अमेरिका (युएसएस) र आयोजक मलेसिया रहेका छन् ।
सबै देशले प्रतियोगितालाई गम्भीरतापूर्वक लिएको र तयारीमा कुनै कसर बाँकी नराखेको बताएका छन् । साविक विजेता नेपालले प्रतियोगिता उपाधि जित्ने अपेक्षा गरिएको छ। तर, बेस्ट इन्डिजका फास्ट बलर जेर्माइन लसनलाई अमेरिका टोलीमा संलग्न गरेपछि नेपालका लागि अमेरिका सबैभन्दा ठूलो चुनौति बन्ने देखिन्छ।
३२ वर्षिया जेर्माइन बेस्ट इन्डिजको तर्फबाट टेस्ट र वान डेका १३-१३ वटा खेल खेलेका थिए। उनले टेस्टमा १७ विकेट र वान डेम ५७ रन खर्चेर ४ विकेटको वेस्ट फर्मरमेन्स रहेको छ। सन् २००२ चेन्नइमा टेस्ट खेलको डेब्यु गरेका उनले राहुल द्रविड र सचिन तेन्दुलकर जस्ता खेलाडीलाई बोल्ड गरेका थिए।
त्यसै वर्ष बंगलादेशविरुद्ध तीन रन मात्रै दिएर ६ विकेट लिएका थिए। अस्ट्रेलियाविरुद्ध सात विकेट लिएर उनको बेस्ट पर्फमेन्स रहेको थियो। सन् २००४ मा उनको बलिङ एक्सनमाथि प्रश्न उठेपछि खेल जीवन करिब करिब समाप्त भएको थियो।
नेपाली प्रशिक्षक पुबुदु देसानायेकले कुनै पनि खेलाडीबाट चिन्तित नभएको बताएका छन्। ‘कुनै पनि खेलाडीको कुनै चिन्ता छैन। हाम्रो टिम सबैसँग प्रतिस्पर्धा गर्न तयार छौ’ उनले भनेका छन्।
राउन्ड रोबिनको आधारमा हुने खेलमा नेपालले बिहीबार युगान्डासँग, शुक्रबार युगान्डासँग, आइतबार सिगापुर र सोमबार अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ। अन्तिम खेलमा आयोजित मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने