काठमाडौं। नेपाली क्रिकेट राष्ट्रिय टोलीले बिहीबारबाट मलेसियामा शुरु हुने आइसिसी डिभिजन थ्री क्रिकेटमा राम्रो गर्ने अपेक्षा गरिएको छ। डिभिजन थ्रीमा नेपालसँगै युगान्डा, बर्मुडा, सिंगापुर, संयुक्त राज्य अमेरिका (युएसएस) र आयोजक मलेसिया रहेका छन् ।
सबै देशले प्रतियोगितालाई गम्भीरतापूर्वक लिएको र तयारीमा कुनै कसर बाँकी नराखेको बताएका छन् । साविक विजेता नेपालले प्रतियोगिता उपाधि जित्ने अपेक्षा गरिएको छ। तर, बेस्ट इन्डिजका फास्ट बलर जेर्माइन लसनलाई अमेरिका टोलीमा संलग्न गरेपछि नेपालका लागि अमेरिका सबैभन्दा ठूलो चुनौति बन्ने देखिन्छ।
३२ वर्षिया जेर्माइन बेस्ट इन्डिजको तर्फबाट टेस्ट र वान डेका १३-१३ वटा खेल खेलेका थिए। उनले टेस्टमा १७ विकेट र वान डेम ५७ रन खर्चेर ४ विकेटको वेस्ट फर्मरमेन्स रहेको छ। सन् २००२ चेन्नइमा टेस्ट खेलको डेब्यु गरेका उनले राहुल द्रविड र सचिन तेन्दुलकर जस्ता खेलाडीलाई बोल्ड गरेका थिए।
त्यसै वर्ष बंगलादेशविरुद्ध तीन रन मात्रै दिएर ६ विकेट लिएका थिए। अस्ट्रेलियाविरुद्ध सात विकेट लिएर उनको बेस्ट पर्फमेन्स रहेको थियो। सन् २००४ मा उनको बलिङ एक्सनमाथि प्रश्न उठेपछि खेल जीवन करिब करिब समाप्त भएको थियो।
नेपाली प्रशिक्षक पुबुदु देसानायेकले कुनै पनि खेलाडीबाट चिन्तित नभएको बताएका छन्। ‘कुनै पनि खेलाडीको कुनै चिन्ता छैन। हाम्रो टिम सबैसँग प्रतिस्पर्धा गर्न तयार छौ’ उनले भनेका छन्।
राउन्ड रोबिनको आधारमा हुने खेलमा नेपालले बिहीबार युगान्डासँग, शुक्रबार युगान्डासँग, आइतबार सिगापुर र सोमबार अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ। अन्तिम खेलमा आयोजित मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए