लन्डन । चाल्टर्न नेपाली समाज बेलायतले आइतबार सांझ मेरिडियन स्पोर्टस् क्लवमा दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख आकर्षण थिए हांस्यकलाकार मनोज गजुरेल । महिना दिन यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरेर प्रशंसा बटुलिरहेका गजुरेल उक्त कार्यक्रममा भने एक्कासी प्रचण्ड बनेर झुल्किएपछि सहभागी कतिपयले मुखामुख गरे । कतिलाई सांच्चिकै प्रचण्ड झैं लाग्यो । प्रचण्डको जोगी अवतार यसअघि नै देख्नेहरु चाहिं आश्चर्य नमानी धित मरुञ्जेल हांसिरहे । कार्यक्रममा मनोजले प्रचण्डको राजनीतिक स्खलनमा केन्द्रित प्रहसन गरेर स्यावासी बटुले । अघिल्लो चरणमा उनको स्ट्याड अप कमेडीले बेलायतवासी नेपालीका साझा समस्या, युवा पुस्तामाझ नेपाली भाषा क्षयीकरण, सामाजिक सञ्जालको दुरुपयोग आदि विषय उठान गरे ।
कार्यक्रममा गजुरेलबाहेक संघर्षरत गायक सुजन पराजुलीले गायन र स्थानीय वालवालिकाले नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिए ।
समाजका अध्यक्ष रोमनाथ पाण्डेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, गैर आवासीय नेपाली संघ, बेलायतका कार्यकारी अध्यक्ष महेन्द्र कंडेल र पाण्डेले तिहार शुभकामना व्यक्त गरे ।
समाजका सचिव तोयनाथ रिजालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष टंक
कंडेलले स्वागत मन्तव्य दिएका थिए ।
पाण्डे अध्यक्ष निर्वाचित भएपछि समाजको यो नै पहिलो सार्वजनिक कार्यक्रम थियो । कार्यक्रममा समाजका अगुवाहरु पत्रकार फणिन्द्र भट्टराई, दासु पाण्डे, मोती भण्डारी लगायत अतिथी सत्कारमा व्यस्त देखिन्थे ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा