लन्डन । चाल्टर्न नेपाली समाज बेलायतले आइतबार सांझ मेरिडियन स्पोर्टस् क्लवमा दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख आकर्षण थिए हांस्यकलाकार मनोज गजुरेल । महिना दिन यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरेर प्रशंसा बटुलिरहेका गजुरेल उक्त कार्यक्रममा भने एक्कासी प्रचण्ड बनेर झुल्किएपछि सहभागी कतिपयले मुखामुख गरे । कतिलाई सांच्चिकै प्रचण्ड झैं लाग्यो । प्रचण्डको जोगी अवतार यसअघि नै देख्नेहरु चाहिं आश्चर्य नमानी धित मरुञ्जेल हांसिरहे । कार्यक्रममा मनोजले प्रचण्डको राजनीतिक स्खलनमा केन्द्रित प्रहसन गरेर स्यावासी बटुले । अघिल्लो चरणमा उनको स्ट्याड अप कमेडीले बेलायतवासी नेपालीका साझा समस्या, युवा पुस्तामाझ नेपाली भाषा क्षयीकरण, सामाजिक सञ्जालको दुरुपयोग आदि विषय उठान गरे ।
कार्यक्रममा गजुरेलबाहेक संघर्षरत गायक सुजन पराजुलीले गायन र स्थानीय वालवालिकाले नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिए ।
समाजका अध्यक्ष रोमनाथ पाण्डेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, गैर आवासीय नेपाली संघ, बेलायतका कार्यकारी अध्यक्ष महेन्द्र कंडेल र पाण्डेले तिहार शुभकामना व्यक्त गरे ।
समाजका सचिव तोयनाथ रिजालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष टंक
कंडेलले स्वागत मन्तव्य दिएका थिए ।
पाण्डे अध्यक्ष निर्वाचित भएपछि समाजको यो नै पहिलो सार्वजनिक कार्यक्रम थियो । कार्यक्रममा समाजका अगुवाहरु पत्रकार फणिन्द्र भट्टराई, दासु पाण्डे, मोती भण्डारी लगायत अतिथी सत्कारमा व्यस्त देखिन्थे ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग