लण्डन । युवा पत्रकार प्रशान्त झा आफ्नो “ब्याटल्स अफ दि न्यु रिपब्लिक: ए कन्टेम्पररी हिस्ट्री अफ नेपाल” भन्ने पुस्तकको प्रबर्द्धनका लागि यसै साता लण्डन आइपुग्दै छन्।
आफ्नो बेलायत बसाइका क्रममा उनले आउने बिहीबार (अक्टोबर २३ तारिख) अपरान्ह ५ बजेपछि उहाँले स्कुल अफ एसिया एन्ड अोरेन्टल स्टडिज (सोआस)को साउथ एसिया इन्स्टिच्युटले आयोजना गरेको पुस्तक विमोचन तथा अन्तर्कृया कार्यक्रममा भाग लिने छन् । सो कार्यक्रममा नेपालस्थित राष्ट्रसंघीय नियोगका पू्र्व प्रमुख इयान मार्टिन तथा सोआसका भिजिटिङ स्कलर डा भास्कर गौतम लगायतका वक्ताहरुले पनि बोल्ने बताइएको छ ।
यसैगरी आउँदो अक्टोबर २७ तारिख सोमबारका दिन पत्रकार झाले एडिनबरा विश्वविद्यालयस्थित सेन्टर फर साउथ एसियन स्टडीजमा आयोजित कार्यक्रममा शान्ति बहाली, संविधान निर्माण तथा नेपालको सार्वभौमसत्तासंग संबन्धित विषयमा प्रवचन दिने छन्।
पत्रकार झाले आउँदो ३१ अक्टोबरका दिन अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको वल्फसन कलेजमा साउथ एसिया रिसर्च क्लस्टर अन्तर्गत आयोजित कार्यक्रममा नेपाल र दक्षिण एसियामा नयाँ दिल्लीको प्रभावबारे बोल्ने कार्यक्रम राखिएको छ।
पत्रकार झाद्वारा लिखित पुस्तक “ब्याटल्स अफ द न्यू रिपब्लिक : अ कन्टेम्पररी हिस्ट्री अफ नेपाल” एउटा ब्रिटिश प्रकाशन गृह सि हर्स्ट एन्ड को पब्लिसर्स लिमिटेडले हालै ब्रिटेनमा पनि प्रकाशित गरेको छ। सो पुस्तक अमेजनबाट वा अन्य पुस्तक पसलहरुमा पनि किन्न सकिन्छ। पुस्तकमा माओवादी द्वन्द्बाट शान्तितर्फ, राजतन्त्रबाट गणतन्त्रतर्फ र एकात्मक राज्यबाट संभाव्य संघीय ढाँचातर्फ नेपालको यात्रा र त्यसक्रममा भारत लगायत अन्तर्राष्ट्रिय समुदायको भूमिकालाई रोचक ढँगबाट प्रस्तुत गरिएको छ।
पत्रकार झा ले काठमाण्डूबाट प्रकाशित हुने नेपाली टाइम्स, हिमाल साउथ एसियन लगायतका पत्रिकाहरुका लागि स्तम्भ लेख्नुका साथै प्रतिष्ठित भारतीय पत्रिका दि हिन्दुका लागि नेपाल संवाददाताका रुपमा पनि काम गरेका थिए । उनी अहिले नयाँ दिल्लीमा हिन्दुस्तान टाइम्सको एसोसियट एडिटरको रुपमा कार्यरत छन्। झाले जवाहरलाल नेहरु युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीति विषयमा स्नातकोत्तर पनि गरेका छन् ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी