लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) का कार्यकारी अध्यक्ष महेन्द्र कंडेलले संस्थाभित्र आर्थिक पारदर्शिता कायम राख्न ‘अडिट’ गराउने घोषणा गरेका छन् । एनआरएनए यूकेमा बारम्बार आर्थिक हिनामिनाको मुद्दा उठिरहेका बेला कंडेलले दीर्घकालिन समाधानका लागि तत्काल अडिट थाल्ने घोषणा गरेका हुन् ।
सहअध्यक्ष योगेन क्षेत्रीले कंडेलमाथि सदस्यहरुबाट उठाएर ६३ हजार पाउण्ड हिनामिना गरेको आरोपसहित विज्ञप्ति जारी गरेको एकसाता नबित्दै अध्यक्ष कंडेलले शनिवार साउथ इष्ट लन्डनमा आयोजित आफ्नो घोषणासभामा उक्त अठोट गरेका हुन् ।
घोषणासभामा कंडेल कार्यसमितिले केही भावी योजना समेत सार्वजनिक गरेको छ । ति योजनामा केही नयां र केही पुरानै मुद्दालाई निरन्तरता दिने प्रतिवद्धता छ ।
कंडेलले बेलायत रहेका एमएस्सी देखि विद्यावारिधिसम्म गर्ने वौद्धिक वृत्तलाई एकत्रित गरि उनीहरुसंग भएको ज्ञान र सिप नेपालसम्म कसरी लैजान सकिन्छ भन्ने बारे पहल गर्ने घोषणा गरेका छन् । यो काम दुई महिनाभित्र गर्ने कंडेल कार्यसमितिको योजना छ ।
अध्यक्ष कंडेलले नेपालमात्र होइन, बेलायतमा पनि संयुक्त लगानीबारे अध्ययन अगाडि बढाउने उद्घोष गरे । यसबाहेक एनआरएनएभित्र सबै जातजाती र वर्गको प्रतिनिधित्व गराउन काउन्सिल अवधारणा कार्यान्वयन गर्ने घोषणा समेत उनले गरेका छन् । यो कार्यका लागि यसअघि संयोजक तोकिएका आङकल्जङ लामाको समितिलाई सक्रिय बनाइने जनाइएको छ ।
कंडेलले अब बांकी रहेको झण्डै एघार महिना लामो कार्यकालमा एनआरएनएलाई जनतासम्म जोड्ने र संस्था प्रभावकारी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । एनआरएनएले विगतमा उठाउंदै आएका दोहोरो नागरिकता लगायतका मुद्दालाई निरन्तरता दिंदै अघि बढ्ने घोषणा समेत उनले गरेका छन् । विभिन्न वखेडा झिकी बाहिरै बसेको योगेन क्षेत्री समूहलाई विवाद त्यागेर आफूसंग एकजुट भइ काम गर्न समेत उनले आग्रह गरे । सभाले विधान संशोधन गर्ने जनाउंदै केही सल्लाहकारहरु समेत नियुक्ति गरेको छ ।
सहअध्यक्ष क्षेत्री पक्षका केही पदाधिकारीसहित बेलायतका विभिन्न सामाजिक संघसंस्थाका अगुवाहरुको उपस्थितिमा सभा भएको हो । तर, गत वर्ष २९ सेप्टेम्बर २०१३ का दिन नेपाली दूतावास लन्डनमा ‘असाधारण एकता सम्मेलन’ गरि संरक्षकको हैसियतले चक्रीय प्रणालीमा सहमति गराउने प्रा.डा. सूर्य सुवेदी भने सभामा उपस्थित थिएनन् । प्रा. सुवेदीकै अग्रसरतामा भएको सहमति टेकेर कंडेलले कार्यकारी अध्यक्षको जिम्मेवारी लिएको घोषणा करिव तीनसाता अघि २९ सेप्टेम्बर, २०१४ मा पत्रकारहरुमाझ गरेका थिए ।
सभामा क्षेत्री पक्षबाट चयन भएका आइसीसी सदस्यहरु विजन भट्ट र सुस्मा राईका साथै उपाध्यक्ष शान्ति थापा कुंवर, कोषाध्यक्ष दासु पाण्डे तथा सदस्यहरु फडिन्द्र भट्टराई, अर्जुन कटुवाल, दिपक श्रेष्ठ, राम गलामी, विरेन खड्का, राजन गुरुङ लगायत कंडेलको समर्थन गर्दै कार्यक्रममा सहभागी भए ।
घोषणा सभामा समाजका अगुवाहरु विजन भट्ट, साहित्य विकास परिषदका सुरेशजंग शाह, यती एसोसिएसन यूके अध्यक्ष उमेश मोक्तान, कर्ण शाही, श्री लिम्बु, आङकल्जङ लामा, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, हिराधन राई, राजेन्द्र पुडासैनी, थकाली समाजका ज्ञान शेरचन, अर्जुन गौतम, गेसो महासचिव महेन्द्र राई, देवी पुन, नेपलिज फोरम ग्रीनवीचका डा. राम अधिकारी, पाका समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल, विनोद ज्ञवाली, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति चेतनाथ खनाल, भोजप्रसाद गुरुङ, पूर्व सभाषद शोभा कट्टेल, चाल्टन समाज यूके अध्यक्ष रोमनाथ पाण्डे, हास्य कलाकार मनोज गजुरेल, एनबीए यूकेका अध्यक्ष नरेन्द्र कंडेल, नेपालीपत्र साप्ताहिकका राजन कंडेल, ललित न्यौपाने, मधेशी समाज यूकेका भाग्य नारायण शाह, पत्रकारहरु बाचस्पति रेग्मी, शिब भण्डारी, पासा पुचका कुमार श्रेष्ठ, जि गेसोका बुद्धिराम थापा, कानुनी सल्लाहकार दिपक भट्टराई, क्याट यूकेका तर्फबाट जिवन सेन, राजन खरेल, केदार थपलिया, नेविसंघका उमेश भण्डारी तथा हाईली स्किल्ड एशोसिएसनका नारायण भट्टराई लगायतले कंडेल नेतृत्वको कार्यसमितिलाई शुभकाना दिए । उनीहरुले क्षेत्रीलाई सहमति पालना गर्न पनि सुझाए ।
राष्ट्रिय संयोजक राजकुमार त्रिपाठीले सञ्चालन गरेको उक्त कार्यक्रममा डा. पुरुषोत्तम पौडेल, डा. मिन रानाभाट, डा. चन्द्र लक्सम्बा र एनजे गुरुङलाई सम्मान समेत गरिएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार