मंगलबार, मंसिर ९ २०७७ | Tue, November 24, 2020
नेपालको समय: १५:०७ | UK Time: 09:22

एशियाडमा पदक जित्ने तामाङलाई १० लाख

वीनेपाली
२०७१ असोज ३१ गते १६:३०

काठमाडौं। सरकारले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एशियाली खेलकुद प्रतियोगितामा कास्य पदक जित्ने खेलाडी बिमला तामाङलाई १० लाख नगद सहित प्रमाण पत्रले सम्मानित गरेको छ।Bimala Tamang

शुक्रवार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले तामाङलाई सम्मान गरे। सम्मान समारोहमा प्रधानमन्त्री कोइरालाले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गरी स्वर्ण पदक प्राप्त गर्न तामाङलाई शुभकामना दिए ।

कार्यक्रममा पदक विजेता तामाङले १८ औं एशियाडमा स्वर्ण जित्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा कराते महासंघका अध्यक्ष सुरेन्द्रविक्रम लाखे र खेलाडी तामाङका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई पनि दोसल्ला ओढाएर सम्मानित गरियो।

तामाङले सितेरियो करातेमा एकल कातातर्फ कास्यपदक जितेकी थिइन्। एशियाली खेलमा कास्यपदक विजेतालाई सरकारले १० लाख रुपैयाँको पुरस्कार र कदर पत्र दिने व्यवस्था गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक