लन्डन । आर्थिक अभावले थप गन्तव्य जान नसकि लन्डनमै अलपत्र परिरहेका विश्व साइकल यात्रीले सहयोग पाएका छन् । हाल लन्डन दूतावासमा शरण लिइरहेका उल्टो साइकल यात्री वीरेश दाहालसहितको टोली आर्थिक अभावले लन्डनमै विचल्ली परेको समाचार वी नेपालीडटकम, इकान्तिपुर लगायत केही व्लगमा आएलगत्तै बेलायतवासी नेपालीले सहयोग जुटाएका हुन् ।
आइतबार एकै दिन उनीहरुले करिब १६ सय पाउण्ड सहयोग पाए । तीन साता अघि अमेरिकाको भिसा लागेपनि साथमा पैसा नहुंदा लन्डनमै अड्किएका साइकल यात्रीले बेलायतवासी नेपालीबाट सहयोग नपाएको गुनासो गरेका थिए । उनीहरुले खाडीमा बस्ने नेपालीले जत्ति पनि सहयोग नगरेको गुनासो गरेपछि आफ्नो प्रतिष्ठामा आंच पुग्ने डरले बेलायतवासी नेपाली पनि सहयोग गर्न कस्सिएका हुन् । टोलीमा दाहालसहित बरुण अधिकारी र बजेन्द्रकुमार महरा छन् ।
आइतबार विहान लन्डनस्थित चाल्टनमा स्किल्स् एण्ड केयर नामक च्यारिटी संस्थाले ति यात्रीलाई चारसय २२ पाउण्ड प्रदान गर्यो भने पानस रेष्टुरेन्टले त्यस दिन भएको आम्दानीको दश प्रतिशत रकम दिने वाचा गरेको छ । स्किल्स् एण्ड केयरका तर्फबाट यादव भण्डारी र विवेक श्रेष्ठले उक्त सहयोग संकलनमा पहल गरेका थिए ।
त्यसैगरि, दिउसो लन्डनमा नेपाल ब्रिटेन डटकमको आठौं वार्षिकोत्सवमा सहभागी नेपालीले एकहजार ४८ पाउण्ड संकलन गरि साइकल यात्रीलाई दिए । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको अनुरोधमा समाजसेवीहरु कुल आचार्य, महेन्द्र कंडेल लगायतले सहयोग संकलनमा तदारुकता देखाएका थिए । दाहालले सहयोग पाएपछि अब आफूहरुको यात्रा अगाडि बढ्ने जनाउंदै सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।
यसअघि गैर आवासीय नेपाली संघ, बेलायतले १५ सय पाउण्ड र गुल्मी जिल्ला समाज यूकेले एकसय ५१ पाउण्ड प्रदान गरेका थिए ।
सन् २००४ देखि उल्टो साइकल चलाएर ५७ देश घुमिसकेका दाहालले गिनिज वल्र्ड रेकर्डस्का लागि लन्डन अफिसमा नाम दर्ता गराइसकेका छन् ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]