काठमाडौं। संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघका अध्यक्षसहित चार पदाधिकारीलाई तत्काल निलम्बन गर्ने खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ। यसअघि असोज १२ गते भ्रष्टाचार गरेको देखिएको भन्दै छानविन अवधिभर पद स्थगन गर्न निर्देशन दिएको थियो। निर्देशन कार्यान्वयन नभएपछि सोमबार बसेको लेखा समितिले पुन: निर्देशन दिएको हो। समितिले अहिलेकै पदाधिकारीबाट कार्यबहाक अध्यक्ष बनाउन भनेको छ।
समितिले अध्यक्ष थापा, महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष विराटजंग शाही र निर्माण कार्यको जिम्मेवारी लिने अधिकारीलाई निलम्बन गर्न निर्देशन दिएको हो।
करोडौँ भ्रष्टाचार भएको उजुरीका आधारमा छलफल तथा अनुसन्धान गरेको लेखा समितिले एन्फामा गम्भीर समस्या देखिएको ठहर गर्दै अनियमितताबारे थप अनुसन्धान गरी दुई महिनाभित्र कारबाही अगाडि बढाउन असोज १२ गते निर्देशन दिएको थियो।
समितिले १६ वटा विभिन्न विषयमा थप अनुसन्धान गर्न खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन समेत दिएको थियो। राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ गणेश सो पार्टीको संविधानसभाका मनोनित सभाषद हुन्। लेखा समितिको निर्देशनपछि पत्रकार सम्मेलन गरेर थापाले लेखा समितिको निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको हस्तक्षेप लिएर नेपाललाई प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका थिए।
समितिले थापामाथि अनुसन्धान गर्न तयार पारेको सूची
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग