
लन्डन । बेलायतबाट प्रसारण हुने नेपाल बाहिरकै एक मात्र स्याटेलाइट टि.भी नेपाली टेलिभिजनको निर्देशक तथा सम्पादकमा सञ्चारकर्मी कुशल श्रेष्ठ नियुक्त भएका छन् । बेलायतमै बसेर लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय श्रेष्ठलाई नेपाली टेलिभिजनले निर्देशकको जिम्मेवारी दिएको हो । श्रेष्ठ केही वर्ष पहिले नेपाली टेलिभिजनमै सम्पादकको रुपमा कार्यरत थिए ।
भिज्यूअल मिडियाको हरेक क्षेत्रमा दख्खल राख्ने श्रेष्ठलाई टेलिभिजनले सम्पूर्ण कार्यक्रम उत्पादन तथा निर्देशनको जिम्मेवारी दिएको हो । गत सातादेखि काम सुरु गरेका श्रेष्ठले दर्शकको चाहना अनुसारका कार्यक्रम निर्माणको तयारी भइरहेको बताएका छन् । राष्टिय तथा अन्तराष्टिय मिडियासंग काम गरी अनुभव संगालिसकेका श्रेष्ठले समाचार तथा मनोरञ्जन दुवै क्षेत्रमा केही नौलो र गुणस्तरीय कार्यक्रम ल्याउन प्रयत्न गर्ने बताए । ६० भन्दा बढि राष्टमा प्रसारण हुने यस टेलिभिजनबाट नेपाली कला, संस्कृति जगेर्ना गर्नुका साथै विश्वमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई एकीकृत गर्न सकिने श्रेष्ठको विश्वास छ । लण्डनस्थित के.के. मुभिज प्रोडक्सन्का प्रवन्ध निर्देशक समेत रहेका श्रेष्ठ एक कुशल भिडियोग्राफर तथा सम्पादकका रुपमा बेलायतको नेपाली तथा अन्य समुदायमा परिचित छन् ।
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण