
लन्डन । बेलायतबाट प्रसारण हुने नेपाल बाहिरकै एक मात्र स्याटेलाइट टि.भी नेपाली टेलिभिजनको निर्देशक तथा सम्पादकमा सञ्चारकर्मी कुशल श्रेष्ठ नियुक्त भएका छन् । बेलायतमै बसेर लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय श्रेष्ठलाई नेपाली टेलिभिजनले निर्देशकको जिम्मेवारी दिएको हो । श्रेष्ठ केही वर्ष पहिले नेपाली टेलिभिजनमै सम्पादकको रुपमा कार्यरत थिए ।
भिज्यूअल मिडियाको हरेक क्षेत्रमा दख्खल राख्ने श्रेष्ठलाई टेलिभिजनले सम्पूर्ण कार्यक्रम उत्पादन तथा निर्देशनको जिम्मेवारी दिएको हो । गत सातादेखि काम सुरु गरेका श्रेष्ठले दर्शकको चाहना अनुसारका कार्यक्रम निर्माणको तयारी भइरहेको बताएका छन् । राष्टिय तथा अन्तराष्टिय मिडियासंग काम गरी अनुभव संगालिसकेका श्रेष्ठले समाचार तथा मनोरञ्जन दुवै क्षेत्रमा केही नौलो र गुणस्तरीय कार्यक्रम ल्याउन प्रयत्न गर्ने बताए । ६० भन्दा बढि राष्टमा प्रसारण हुने यस टेलिभिजनबाट नेपाली कला, संस्कृति जगेर्ना गर्नुका साथै विश्वमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई एकीकृत गर्न सकिने श्रेष्ठको विश्वास छ । लण्डनस्थित के.के. मुभिज प्रोडक्सन्का प्रवन्ध निर्देशक समेत रहेका श्रेष्ठ एक कुशल भिडियोग्राफर तथा सम्पादकका रुपमा बेलायतको नेपाली तथा अन्य समुदायमा परिचित छन् ।
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह