काठमाडौं। संविधानसभाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई नयाँ संविधानको विवादित विषयमा सहमति गर्न र संविधानको पूर्ण बैठकमा प्रतिवेदन प्रस्तुत गर्न तेस्रो पटक समय थपिएको छ।
सभाषद्हरुले निर्धारित समयमै काम सम्पन्न गर्न नसकेको भन्दै चर्को आलोचना गर्दै तेस्रो पटक समय थपेका हुन्। सहमति जुटाउन असफल भएपछि समितिका सभापति बाबुराम भट्टराईले बुधबार अपुरो प्रतिवेदन बुझाएका थिए। माघ ८ गते संविधान जारी गर्ने गरी तयार पारेको कार्यतालिकामा समितिलाई भदौ २१ भित्र विवादित विषयमा सहमति जुटाउन समय तोकिएको थियो।
निर्धारित समयमा प्रमुख दलहरुबीच राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली जस्ता महत्वपूर्ण विषयमा सहमति बन्न सकेको थिएन । दोस्रो पटक थपिएको समयमा पनि ती विषयमा सहमति जुट्न सकेन।
समितिलाई असोज ३० गतेभित्र विवादित विषयमा सहमति नजुटे कातिक १ गते प्रतिवेदनका साथै विवादित विषयलाई प्रश्नावली ढाँचामा बुझाउन निर्देशन दिएको संविधानसभाका अध्यक्ष सुभाष नेम्बाङले बताए ।
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी