काठमाडौं। युनिसेफले काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिउडका चर्चित अभिनेता आमिर खान दक्षिण एशियाको पोषण दूत घोषणा गरेको छ। याक एन्ड होटलमा बिहीबार बिहान आयोजित कार्यक्रममा खानले पोषण दूत बनाएकोमा निकै उत्साहित बनेको बताए।
खानले पाँच वर्षअघिदेखि भारतमा पोषणदूतको काम गर्दै आएको बताए। ‘करिव ५ वर्षअघि विभिन्न राजनीतिक दलका सासदहरुले आएर मलाई कुपोषणविरुद्धको अभियानमा संलग्न हुन आग्रह गर्नुभयो,’ खानले भने, ‘यस समयदेखि यसको महत्व बुझ्ने अवसर प्राप्त गरे।’
खानले गर्भबाट शुरु हुने दिनदेखि नै शुरुहुने हजार दिन बालबालिकाको पोषणका लागि महत्वपूर्ण हुने हुँदा गर्भवती आमाको स्वास्थ्य तथा पोषणमा ध्यान दिनु पर्नेमा जोड दिए। ‘हाम्रोमा महिलाले परिवारका सबैले खाएपछि उब्रिएको खाने चलन छ’ खानले भने, ‘गर्भवती महिलाको स्वास्थ्यमा ध्यान दिनु परिवारका सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो।’
खानमा आर्थिक असमानता निकै रहेको कारण समस्या देखिएको भन्दै बालबालिकाको पोषणमा ध्यान दिनु सरकारको जिम्मेवारी भएको बताए। बालबालिकाको पोषणको चार चरणा हुने भन्दै खानले गर्भावस्था, शिशु जन्मेको २ दिनको पहेलो दुध, ६ महिनासम्म आमाको दुध र त्यसपछि शिशु २ वर्ष नहुन्जेलसम्मका लागि आमाको दुधका साथै पोषणयुक्त खाना खुवाउनु पर्ने बताए।
सोही कार्यक्रममा खान, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र सरकारी अधिकारीहरुले ‘सुनौली हजार दिन’ कार्यक्रमको संयुक्त रुपमा औपचारिक शुरुवात गरेका छन्। कार्यक्रममा बोल्दै खड्काले सबै मानिस एक दिन आमा बुबा बन्ने भन्दै बालबालिकाको पोषणका लागि विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागी हुुन खान मंगलबार नेपाल आएमा हुन्। बुधबार कपिलबस्तुमा पुगेर उनले पोषण सम्बन्धी कार्यक्रमको जानकारी लिएका थिए।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार