ल्याटिन अमेरिकी मुलुक कोस्टारिकामा वैधानिक कागजात विनै अमेरिका हिंडेका आठ नेपाली पक्राउ परेका छन्। स्थानीय सञ्चार माध्यमहरुले कोस्टारिका प्रवेशको वैधानिक कागजात नभएका नेपालीहरुलाई आइतबार बिहान पक्राउ गरिएको जनाएका छन्।
सेप्टेम्बरमा कोस्टारिकामा गैरकानुनी रुपमा अमेरिका जान हिंडेका नेपाली पक्राउ परेको तेस्रो पटक हो। यसअघि सात र सत्ताइस जना नेपालीको दुई टोलीलाई पक्राउ गरेको थियो।
प्रशान्त महासागरको किनारामा रहेको पुन्तारेनास प्रान्तका प्रहरीले पिक अप भ्यानमा यात्रा गरिरहेका बेला रोकेर खानतलासी गर्दा भाग्न कोसिस गरेपनि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका ८ जनासँग स्वास्थ्य परीक्षण र पृष्ठभूमी जाँचबुझ गरेर हिरासतमा राखेको बताइएको छ ।
अवैध रुपमा अमेरिका छिर्न हिंडेका नेपालीले कोस्टा रिकासहित विभिन्न दक्षिण अमेरिकी देशलाई ट्रान्जिटको रुपमा प्रयोग गर्ने गर्दछन्।
कागजात विना कोस्टा रिका प्रवेश गर्न व्यक्तिसँग सोधपुछ गरेर जुन देशबाट कोस्टा रिका प्रवेश गरेको हो छाडिन्छ । मानव तस्करीलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय संगठित अपराधका रुपमा पहिचान गरेको छ। कोस्टारिकाले मानव तस्करीविरुद्ध -अभियान चलाउने क्रममा यी पक्राउ गरिएका हुन्।
पनामाबाट निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिकोबाट अमेरिका छिर्न दलालहरुले बाटोमा पर्ने कोस्टारिकाको बाटो उपयोग गर्ने गर्छन्। एशियाको विभिन्न देशहरु हुँदै वैधानिक रुपमा ब्राजिल लैजाने गिरोह सक्रिय छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]