इन्चोन एशियाड: क्रिकेट टोली क्वाटरफाइनलबाटै बाहिरियो

काठमाडौं। पदक जित्ने अपेक्षा गरिएको पुरुष क्रिकेट टोली इन्चोन एशियाडको क्वाटरफाइनलबाट बाहिरिएको छ। बुधबार बिहान भएको खेलमा प्रतिद्वन्द्वी अफगानिस्तानसँग ८ रनले पराजित हुँदै नेपाली क्रिकेट टोली बाहिरिएको हो। अफगानिस्तानले राखेको १ सय २० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गराउँदै १ सय ११ रन मात्रै बनाउन सक्यो।incheon-games

नेपालका लागि बिनोद भण्डारीले ४८ र ज्ञानेन्द्र मल्लले ३० बनाउन सके। त्यस वाहेक कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन  जोड्न सकेनन्। भण्डारीले चौथो विकेटका लागि मल्लसँग ५४ रनको साझेदारी गर्दै नेपाललाई जीततर्फ लगेका थिए। तर १४ ओभर चौथो बलमा भण्डारी आउट पछि नेपाली टोली धारासायी बन्न पुग्यो।

अफगानिस्तानका लागि फरिद अहमदले ४ विकेट लिए। टस जितेर बलिङका उत्रिएको नेपालका लागि शक्ति गौचर र सगार पुनले ३-३ विकेट लिएका थिए। त्यसैगरी सोमपाल कामी, बसन्त रेग्मीले १-१ विकेट लिए। अफगानिस्ताले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय १९ रन मात्रै बनाउन सक्यो। अफगानिस्तानका लागि मोहम्मद शाहजादले ४२ रन बनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री