लण्डन । झण्डै दुई चिरा भएर एकतामा बाँधिएको गैर नेपाली संघ बेलायतमा नेतृत्व हस्तान्तरणको लागि सहअध्यक्ष महेन्द्र कँडेलले अध्यक्ष योगेन क्षेत्रीलाई अन्तिम आव्हान गर्ने भएका छन् ।
आज सोमबार राति १२ बजेसम्म अध्यक्ष योगेन क्षेत्रीले सहज रुपमा सहमतिबंमोजिम नेतृत्व हस्तान्तरण नगरे स्वयं घोषणा गरेर अघि बढ्न लण्डनको एक रेष्टुरेन्टमा कार्यक्रम राखेका हुन् ।
गत २९ सेप्टेम्बर २०१३ सालमा बेलायतस्थित नेपाली दुतावासमा तत्कालिन अध्यक्ष जीवा लामिछाने र सँस्थापक अध्यक्ष उपेन्द्र महतो विशेष अनुरोधमा प्राध्यापक डाक्टर सुर्य सुवेदीको पहलमा एकता सम्मेलन मार्फत भएको निर्णय कार्यान्वयन स्वत हुने कँडेलेको दावी छ ।
औचारिक रुपमा केही नबोलेपछि अध्यक्ष योगेन क्षेत्रीले युकेको सहमतिलाई आसीसी केन्द्रले मान्यता नदिएको बताउँदै नेतृत्व नछाडने संकेत गरेका छन् । यद्यपि उनले नेतृत्व हस्तान्तरण आसिसि अध्यक्ष शेष घलेसँग सल्लाह गरेर मात्र निर्णय लिने जनाउ दिँदै आएका छन् ।
सो बैठकमा तत्कालिन केन्द्रीय उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ समेतको सहभागिता रहेको सम्मेलनमा चक्रिय प्रणालीअनुसार नेतृत्व गर्ने सहमतिमा उल्लेख छ । सहमतिको तेस्रो बुँदामा भनिएको छ- ‘एनअारएन युकेमा हालका लागि श्री योगेन क्षेत्री र श्री महेन्द्र कँडेल दुवैलाई अध्यक्षको मान्यता दिने ।आजका मितिबाट अर्को वर्षसम्म अर्थात २९ सेप्टेम्बर २०१४ सम्म श्री योगेन क्षेत्रीले कार्यकारी अध्यक्षको रुपमा काम गर्ने र श्री महेन्द्र कँडेलले सहअध्यक्षका रुपमा काम गर्ने ।’
सहमतिको चौथाे बुँदामा ‘२९ सेप्टेम्बर २०१४ मा स्वत श्री महेन्द्र कँडेलले कार्यकारी अध्यक्षको रुपमा काम गर्ने र श्री योगेन क्षेत्रीले सहअध्यक्षको रुपमा अर्को एक वर्ष काम गर्ने’ उल्लेख छ ।
यसका साथै सहमतिको अन्त्यमा ‘म सूर्य सुवेदी स्वयमले अर्को वर्ष अध्यक्षको माला महेन्द्र कँडेललाई लगाइ दिने छु’ पनि लेखिएको छ ।
सहमति अनुसार आज अध्यक्ष क्षेत्रीले सहअध्यक्ष कँडेललाई कार्यकारी अध्यक्षको पद हस्तान्तरण गर्नु पर्नेछ । सहमतिमा अध्यक्ष क्षेत्रीले हस्ताक्षरण गरि मान्ने जनाउ तत्कालिन समयमै दिएका थिए । उनले सहमतिका सुत्राधार प्रा डा सुवेदीपछि दोस्रो नम्बरमा हस्ताक्षर गरेका छन् । तर उनले हाल सहमतिबाट पछि हट्दै पदलोलुपता देखाउन खोजेको आरोप कँडेल पक्षले लगाएको छ । यद्यपि सहअध्यक्ष कँडेलले आज राति १२ बजेसम्मको समय कुर्ने संकेत गरेको छ ।
यसअघि, सहअध्यक्ष कँडेलले सहज वातावरण निर्माणका लागि अध्यक्ष क्षेत्रीलाई गत वर्षको सहमति कार्यान्वयन गर्दै नेतृत्व हस्तान्तरण गर्न आव्हान समेत गरिसकेका थिए । नैतिकताको आधारमा २९ सेप्टेम्बरका दिन नेतृत्व हस्तान्तरणको कार्यक्रम राख्न सार्वजनिक रुपमा माग गरेका थिए ।
असाधारण एकता सम्मेलनको सहमति कार्यान्वयनबाट अध्यक्ष क्षेत्री पछि हटे पिन आफुले सहमतिको अक्षरशः पालना गर्ने सहअध्यक्ष कँडेल बताए ।
गत वर्ष देखिएको एनआरएन युकेको विभाजन सुवेदीको अग्रसरतामा तत्काललाई साम्य भए पनि सहमति अनुसार पद हस्तान्तरण नभएमा अहिले फेर बल्झिने निश्चित छ । शुरुका केही वर्ष आशाको केन्द्रका रुपमा रहेको एनआरएन युके गत वर्षपछि भने आफैँमा बिचरो साबित हुँदै गएको छ । अब फेरि समस्या ब्यूँतियो भने एनआरएन युके असफल सँस्थाको एक उदाहरण बन्ने छ ।
सहमतिमा के छ यहाँ हेर्नुहोस
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?