बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १६:३९ | UK Time: 11:54

यसरी मिल्यो चाल्टर्न समाजको भांडभैलो

वीनेपाली
२०७१ असोज १३ गते २:०७

554994_228081004002373_317785665_n
लण्डन । चाल्टर्न नेपाली समाज बेलायतको अध्यक्षमा रोमनाथ पाण्डे सर्वसम्मत चयन भएका छन् ।
चाल्टर्न नेपाली समाज बेलायतले संचालनमा ल्याएको नेपाली कक्षाको संयोजकमा सुरज केसीलाई दिने ‘भित्री सहमति’ बनेपछि अध्यक्षमा पाण्डे सर्वसम्मत चयन भएका हुन् । स्रोतका अनुसार, सहमतिका लागि समाजका केही अगुवाहरु लागेका थिए । समाज अन्तर्गत लर्न नेपाली कक्षा संचालन भइरहेको छ । हाल यसको संयोजक फत्त थापा छन् । नयाँ कार्यसमितिले ‘भित्री सहमति’ अनुसार पूर्व अध्यक्ष केसीलाई नयाँ संयोजकमा नियुक्त गर्नेछ । तर, केसीले वीनेपालीसँग भने, ‘समाजको हितका लागि मैले सहमति गरें ।’
अध्यक्ष पदका उम्मेदवारद्धय मध्येका सुरज केसीले सहमतिका आधारमा अध्यक्षका प्रत्यासी रोमनाथ पाण्डेलाई छाडेपछि आइतबार २८ सेप्टेम्बरमा सहमति भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक एलएन पाण्डेलाई अध्यक्ष पदका उम्मेदवारद्धय केसी र पाण्डेसँग सल्लाह गरि निर्वाचन मिति तय गर्ने अधिकार थियो । ‘निर्वाचन समितिलाई प्राप्त अधिकारकै आधारमा सहमति जुटाइएको हो’, संयोजक पाण्डेले वीनेपालीसँग भने ।
गतसाता आइतबार अध्यक्ष पदका उम्मेदवारद्धय पूर्व अध्यक्ष केसी र पूर्व उपाध्यक्ष पाण्डेवीच सहमति हुन नसकेपछि अध्यक्ष विना नै कार्यसमिति चयन गरिएको थियो ।
चाल्टर्न नेपाली समाज बेलायतको गत आइतवार साउथ इष्ट लण्डनस्थित माउन्टेन भ्यु रेष्टुरेन्टमा भएको बार्षिक साधारण सभामा उम्मेदवारद्धयवीच सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक