एशियाड: १७ बलमै नेपालले क्रिकेट जित्यो

काठमाडौं । नेपालले इन्चोन एसियाडमा शनिबार भएको पहिलो खेलमा कुवेतलाई प्रस्तुत गरेको २० रनको लक्ष्य १७ बलमा पार गरेको छ । प्रतिउत्तर व्याटिङ गरेको नेपालले १७ बलमा एक विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गरेको थियो ।incheon-games

२० ओभरको खेलमा नेपाली बलर अघि निकै निरिह देखिएको कुवेत १३ ओभर २ बलमा अल आउट भएको थियो । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले तीन तीन विकेट लिए भने सागर पुनको नाममा २ विकेट रह्यो ।

कुनै पनि ब्याट्सम्यानले दोहोरा अंक बनाउन सकेकेको कुवेती खेलाडीको ब्याटबाट १३ रन मात्रै निस्क्यो । कुवेतको इनिङमा सात अतिरिक्त रनको योगदान सबैभन्दा ठूलो थियो । कुवेतका पाँच खेलाडी खाता पनि खोल्न सकेनन् ।
प्रतिउत्तर ब्याटिङ गरेको नेपालका लागि ७ रनमा ९ रन बनाउँदै सागर पुन आउट भए भने सुभाष खकुरेल ७ र विनोद भण्डारी ५ रनमा नट आउट रहे । समूह बीमा रहेको नेपालले दोस्रो खेल आइतबार माल्दिभ्ससँग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री